२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य किन पारिदै छ : सांसद गौतम

२४ असार २०८२, मंगलवार १५:०२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परीक्षा पास गरिसकेका विद्यार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जापान जाने विद्यार्थीले भिसा पाइसकेको अवस्थामा पनि परीक्षा दिन लगाइएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘म आज जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ‘जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य उजागर भएको छ। यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन।’

अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको बताउँदै उनले नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्ने बताइन्।

 

‘हाम्रा युवा भिसा लिएर पनि विदेश जान पाएका छैनन्। ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्,’ उनले थपिन्, ‘उनीहरूको आत्मबल कमजोर बनाइएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ। हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन।/’

उनले यो अनधिकृत सिन्डकेट तुरुन्तै खारेज गर्न र यसमा संलग्नहरूमाथि कारबाही गर्न माग गरेकी छन्। सांसद गौतमले वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन पनि माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ