२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जना नेपालीहरूको शव परिवारलाई बुझाइयो

१५ श्रावण २०८२, बुधबार १५:०७

काठमाडौँ | पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो ।

 

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जना, २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जनाको शव नेपाल ल्याइएको छ ।

 

४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ जना रहेका छन् । त्यसैगरी ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना, ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको हो ।

तथ्यांक अनुसार देशको सबैभन्दा उत्पादनशील र सक्रिय युवा जनशक्तिले विदेशमा ज्यान गुमाइरहेको छ । यो अवधिमा वैदेशिक रोजगार विभागले ४८१ जनाको शव झिकाएको थियो भने एक हजार ८६ शव घरसम्म पुर्‍याएको थियो ।

विभागले एक वर्षको अवधिमा एक हजार ५१७ जना मृतक कामदारका परिवारलाई एक अर्ब २ करोड ३४ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प