२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एक वर्षमा ८ लाखभन्दा बढी नेपाली विदेशिए

२० श्रावण २०८२, सोमबार १५:०४

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँ नेपाली विदेशिँदै गर्दा देशभित्र रोजगारी र भविष्यको सम्भावना देख्न नसकेका युवाहरूको बाध्यात्मक पलायन अझ बढ्दो छ ।

देशमै रोजीरोटी चलाउने आधार कमजोर बन्दै जाँदा विदेशिने नेपालीको संख्या प्रत्येक वर्ष बढिरहेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये दक्ष, अर्धदक्ष र अदक्ष सबै तहका श्रमिक समावेश छन् ।

विशेषतः सीप नभएका नेपालीहरूको संख्या उच्च छ । एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली श्रमिक सीप नसिकीकनै विदेशिएका छन् । तीमध्ये २ लाख २ हजार पुरुष र २४ हजारभन्दा बढी महिला छन् ।

सरकारले वर्षौंदेखि वैदेशिक रोजगारमा जानेहरूलाई सीपमूलक तालिम दिएर पठाउने नीति लिए पनि व्यवहारमा भने अदक्ष जनशक्ति नै धेरै विदेशिएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, सीप सिकेर विदेशिनेको संख्या पनि कम छैन । एक वर्षको अवधिमा ५ लाख ६ हजारभन्दा बढी नेपाली तालिम लिएर विदेशिएका छन् । तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला छन् ।

यस्तै, अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७ सय २३ पुगेको छ भने व्यावसायिक तहका ४ हजार ३ सय ७२ जना विदेशिएका छन् । दक्ष जनशक्तिको संख्या भने ९ सय ३७ मात्रै रहेको छ, जसमा पुरुषको संख्या ६ सय ९२ र महिलाको संख्या २४५ रहेको छ ।

गत वर्ष वैधानिक माध्यमबाट नेपाली श्रमिक १५१ वटा मुलुकमा गएका छन् । यूएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा धेरै श्रमिक गएका छन् भने १२ देशमा एक–एक जना मात्रै गएका छन् ।

वैदेशिक रोजगार विभागसँग विदेशिनेहरूको विवरण भए पनि कति नेपाली फर्किए, कति उतै स्थायी रूपमा बसे भन्ने यकिन तथ्यांक भने छैन । तथापि, खाडी मुलुकहरू मात्र होइन, पछिल्लो समय युरोपेली मुलुकहरूमा समेत नेपाली कामदारको आकर्षण बढेको विभागको तथ्यांकले देखाएको छ ।

दशकौँदेखि ‘श्रम निर्यात’ लाई आर्थिक समाधानको विकल्पजस्तै बनाइएको नेपालले अहिले आएर ठूलो जनशक्ति गुमाइरहेको छ । सीपविहीन श्रमिकको बढ्दो संख्या र देशभित्र अवसरको न्यूनताले अबको भविष्य अझै गम्भीर प्रश्नचिह्नमा पुर्‍याएको देखिन्छ । सरकारले देखाएको तालिम र सीप विकासको सपना अहिलेसम्म कागजी मात्रै भएको पुष्टि तथ्यांकले नै गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…