२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी अरबको यान्बुमा अलपत्र ११ नेपाली श्रमिकको उद्धार

२०८२, ३१ भाद्र मंगलवार ०८:०२

काठमाडौँ । साउदी अरबको यान्बु शहरमा कामविहीन र अलपत्र बनेका ११ जना नेपाली श्रमिकहरूको उद्धार गरिएको छ। तीमध्ये एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन् भने बाँकी १० जना श्रमिक आज नेपाल फर्किएका छन्।

नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले अन्ततः बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो। पाँच महिनादेखि तलब र काम नपाएका उनीहरूले करिब एक महिना अघि नेपाली सेवा समिति–यान्बुसँग सम्पर्क गरेपछि विषय सार्वजनिक हुँदै विभिन्न सञ्चारमाध्यममार्फत दबाब सिर्जना भएको थियो। त्यसपछि उद्धारको प्रक्रिया अघि बढेको हो।

समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले उद्धारमा संलग्न दूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो।

“खान नपाएर परदेशमै ज्यान जाने हो कि भन्ने अवस्था थियो। नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग गरेर हामीलाई अभिभावकझैं संरक्षण गर्‍यो,” एक पीडितले भावुक हुँदै भने।
उनीहरूले पाँच महिना देखिको करिब ५९ हजार साउदी रियाल (नेरू २२ लाख) तलब नपाएको गुनासोसमेत गरेका छन्। कम्पनीले तलब त दिन्छु भने पनि अन्ततः टिकट मात्र उपलब्ध गराएको श्रमिकहरूले बताएका छन्।

गत सेप्टेम्बर २०२३ मा अल फराज इन्टरनेशनल ओभरसिज प्रा.लि. मार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनी एलएलसी मा मेसन, टिब्वाई र लेबरका रूपमा पुगेका उनीहरूलाई सुरुमा केही महिना तलब दिइएको थियो।

तर, पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (इकामा) नवीकरण नगरिएको, पाँच महिनादेखि तलब नदिएको र दुई महिनादेखि बस्ने कोठामा बत्तीसमेत नबलेको कारण उनीहरूको अवस्था दयनीय बनेको थियो।
उनीहरूको पीडाबारे नेपालका राष्ट्रिय दैनिकसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अन्ततः उद्धार सहज भएको समितिका सचिब मन सिन्जालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण