२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी अरबको यान्बुमा अलपत्र ११ नेपाली श्रमिकको उद्धार

३१ भाद्र २०८२, मंगलवार ०८:०२

काठमाडौँ । साउदी अरबको यान्बु शहरमा कामविहीन र अलपत्र बनेका ११ जना नेपाली श्रमिकहरूको उद्धार गरिएको छ। तीमध्ये एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन् भने बाँकी १० जना श्रमिक आज नेपाल फर्किएका छन्।

नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले अन्ततः बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो। पाँच महिनादेखि तलब र काम नपाएका उनीहरूले करिब एक महिना अघि नेपाली सेवा समिति–यान्बुसँग सम्पर्क गरेपछि विषय सार्वजनिक हुँदै विभिन्न सञ्चारमाध्यममार्फत दबाब सिर्जना भएको थियो। त्यसपछि उद्धारको प्रक्रिया अघि बढेको हो।

समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले उद्धारमा संलग्न दूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो।

“खान नपाएर परदेशमै ज्यान जाने हो कि भन्ने अवस्था थियो। नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग गरेर हामीलाई अभिभावकझैं संरक्षण गर्‍यो,” एक पीडितले भावुक हुँदै भने।
उनीहरूले पाँच महिना देखिको करिब ५९ हजार साउदी रियाल (नेरू २२ लाख) तलब नपाएको गुनासोसमेत गरेका छन्। कम्पनीले तलब त दिन्छु भने पनि अन्ततः टिकट मात्र उपलब्ध गराएको श्रमिकहरूले बताएका छन्।

गत सेप्टेम्बर २०२३ मा अल फराज इन्टरनेशनल ओभरसिज प्रा.लि. मार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनी एलएलसी मा मेसन, टिब्वाई र लेबरका रूपमा पुगेका उनीहरूलाई सुरुमा केही महिना तलब दिइएको थियो।

तर, पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (इकामा) नवीकरण नगरिएको, पाँच महिनादेखि तलब नदिएको र दुई महिनादेखि बस्ने कोठामा बत्तीसमेत नबलेको कारण उनीहरूको अवस्था दयनीय बनेको थियो।
उनीहरूको पीडाबारे नेपालका राष्ट्रिय दैनिकसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अन्ततः उद्धार सहज भएको समितिका सचिब मन सिन्जालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन