2026-11-17 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

मलेसियामा नेपाली श्रमिकहरु पीडित: एजेन्टको धम्कि- ‘पोको पारेर नेपाल पठाईदिन्थें !’

अनिल अधिकारी | काठमाडौँ । काठमाडौँ स्थित माउण्ट कञ्चन इन्टरनेसनल प्रालिलाई वैदेशिक रोजगारीका लागि बिभिन्न एजेन्ट मार्फत जनही तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेका नेपाली श्रमिकहरू सम्झौताअनुसारको काम र तलब नपाउँदा समस्यामा छन् । 

तश्वीरमा क्रमश: म्यानपावर, बिभागमा उजुरी, एजेन्ट पाण्डे ।  

लामो समयसम्म आफ्नो समस्याको गुनाह्सो राख्दा पनि समस्याको समाधान नभएको तर उल्टो सोहि कम्पनीमा चर्को लागत तिराएर थप नेपाली लैजान लागेको पीडित युवाहरुले जानकारी दिए । मलेसियाको SUNSHINE HORTICULTURES SDN. BHD. कम्पनीमा पुगेका १८ जना नेपालीमध्ये केहि युवा समस्याग्रस्त कम्पनी भएको भन्दै स्वदेश समेत फिर्ता भईसकेका छन् भने बाँकी युवा पनि फर्किने तयारीमा छन् ।

पीडित युवाहरुले नेपालमा प्रलोभन देखाएअनुसार त परको कुरा ओभरटाइम समेत काम गर्न लगाएर बेसिक तलब समेत नदिएको बताएका छन् । पीडितहरु मध्ये नेपाल फिर्ता भएका स्याङ्जाका श्रीधर अधिकारीले वैदेशिक रोजगार बिभागमा उजुरी समेत दर्ता गराएको पाइएको छ । उनीहरुको समस्याको सम्बन्धमा पीडित अधिकारीसँग जानकारी लिंदा उनले भने ‘तीन महिनामा जम्मा ७३६ रिंगेट कमाएर फर्किन बाध्य भएँ ।’ उनका अनुसार जति अतिरिक्त समय काम गरे पनि जम्मा २० रिंगेट मात्रै थपेर कम्पनीले श्रम सोषण गरेको बताए ।

ति युवाका अनुसार सम्बन्धित कम्पनिले समयमा तलब नदिएको, पासपोर्ट आफ्नै नियन्त्रणमा राखेको, कतिपय कामदारलाई परिचयपत्रसमेत नबनाइदिएको, मासिक २९ दिन दैनिक ९ घण्टाको दरले काममा खटाएर पनि बेसिक तलब समेत नदिएको  र समस्याबारे गुनासो गर्दा नेपाली एजेन्ट तथा एनआरएन मलेसियाका पुर्व पधाधिकारी समेत बताउने एजेन्ट बिनोद पाण्डेले पोको पारेर थाहै नपाई काठमाडौँ पठाउने धम्की दिएका थिए । 

पीडित युवाहरु मध्य हाल मलेसियामै रहेका पीडित युवाले आफूले भोगेको समस्याबारे दुतावासमा समेत जानकारी गराएको तर समस्या समाधान नभएको बताए । पीडित अधिकारीले आफूले श्रम मन्त्री रामजी यादवलाई समेत समस्या जानकारी गराएको तर उनले ‘नोटेड’ भनेर लामो समय बितिसक्दा समेत मतलब नगरेको बताए । पीडितहरुले म्यानपावर र एजेन्टहरुलाईपटक -पटक आफ्नो समस्या समाधानको पहल गरेको तर समादहं नभएको गुनाशो गरे । 

नियमित काम गर्दा समेत न्यूनतम पारिश्रमिक नपाएको र भविष्यमा समेत यस्तो समस्याग्रस्त कम्पनीमा काम गर्दा थप पीडित बन्ने बुझेर आफू नेपाल फिर्ता भएको पीडित अधिकारीले बताए । यस सम्बन्धमा साझा सबल मिडियाले हाल उक्त कम्पनीमा कार्यरत अन्य नेपालीहरुसँग जानकारी माग्दा अझै पनि कुनै कामदारले सम्झौताअनुसारको तलब नपाएको, नियमित काम तथा अतिरिक्त समयको पारिश्रमिकमा समस्या रहेको र रोजगारदाता कम्पनीबाट आवश्यक कागजातसमेत प्राप्त नगरेको उनको भनाइ छ । पासपोर्ट कम्पनीले नियन्त्रणमा राखेको र कतिपयलाई परिचयपत्रसमेत उपलब्ध नगराइएको अधिकारीले गुनाशो गरे ।

समस्या सुनाउँदा ‘प्याक गरेर काठमाडौँ पुर्याउथें’ भन्दै धम्की !

यस प्रकरणमा सबैभन्दा गम्भीर आरोप श्रमिकले समस्या समाधानको माग गर्दा थाहै नदिई प्याक गरेर काठमाडौँ पठाउने धम्की दिएको भन्ने छ ।

पीडितहरुले पठाएको अडियो प्रमाण अनुसार एनआरएनए मलेसियाका पूर्वसचिव तथा म्यानपावरलाई डिमाण्ड मिलाइदिने एजेन्टका रूपमा संलग्न विनोद पाण्डेसँग आफ्नो समस्या समाधानको लागि विषय उठाउँदा धम्की दिएको आरोप लगाएका छन् । धम्कि दिएको विषयमा उनीसँग अडियो रेकर्ड समेत सुरक्षित छ । पाण्डेले भनेका छन् – ‘मा कसम… तिम्रो ठाउँमा अरु हुन्थे भने… हिन भाई म कहाँ भन्थें, भातसात खुवाउथें, ट्याक्क पोको पारेर उसलाई नि हुने थिएन, डाइरेक्ट काठमाडौँ…’ भन्दै धम्की दिएको अडियोमा स्पष्ट सुन्न सकिन्छ । पीडितहरुका अनुसार मलेसियामा समस्या पर्दा बिनोद र बिरु सुब्बा भन्ने एजेन्टले मिलेर समाधान गर्ने गरि यो कम्पनीमा डिमाण्डहरु जाने गरेको छ । 

पीडितहरुले मलेसियामा रहँदा आफूहरूले भोगेको समस्याबारे नेपाली दूतावासलाई समेत जानकारी गराएको बताएका छन् । हालसम्म दूतावासबाट प्रभावकारी प्रतिक्रिया प्राप्त नभएको उनिहरुको गुनासो छ । त्यस्तै, नेपालस्थित म्यानपावर कम्पनीसँग पटक–पटक समस्या राख्दा पनि भाखा सारी-सारी समय बिताएको तर समाधान नभएको बताएका छन् । पीडितहरुले आफ्नो समस्या मन्त्री रामजी यादव र सांसदहरुलाई समेत जानकारी गराएका थिए । कसैले टेरेन । एक पीडितले भने ‘लामो समयदेखि समस्याको विषय राख्दा हाम्रो समस्या सुनिदिने कोहि भएन ।’

श्रमिकलाई सम्झौताअनुसार रोजगारी र तलब दिलाउने तथा रोजगारदाता कम्पनीसँग उत्पन्न समस्या समाधान गर्न पहल गर्ने विषयमा म्यानपावरको भूमिकामाथि समेत प्रश्न उठेको छ । त्यसो त समस्याग्रस्त कम्पनी भन्ने थाहा हुँदा हुँदै सोहि म्यानपावरबाट सोहि कम्पनीमा नेपाली कामदार लैजान तयारी समेत रहेको पीडितहरुको दावी छ ।

पीडित अधिकारीले पनि आफूहरूलाई पठाएको म्यानपावर कम्पनीले पुनः नेपाली श्रमिक मलेसिया लैजान लागेको आफूहरुले जानकारी पाएको बताए । 

मलेसियामै रहेका मध्ये एक पीडित युवाले आफूले नेपालमा साढे दुई लाख तिरेर पनि मासिक ५०० रिंगेट मलेसियाका एजेन्ट पाण्डेलाई कम्पनीले आफ्नो तलबबाट काटेर दिने सर्तमा आएको तर आएदेखिनै तलब समेत पाउने/नपाउने टुंगो नभएपछि पछि पनि आफ्नो तलबबाट पैसा काट्छ भन्ने तनाबमा रहेको गुनाशो व्यक्त गरे । समस्यामा परेर नेपाल फिर्ता भएका एक युवाले आफूले म्यानपावरलाई चर्को लागत तिरेर गएको रकम फिर्ता पाउनुपर्ने र नपाएको तलब पनि पाउनुपर्ने भन्दै उजुरी दिएको र कानुनी रुपमै लड्ने बताए ।

यसै सम्बन्धमा पहिले पठाइएका श्रमिकको तलब, काम, पासपोर्ट तथा सुरक्षासम्बन्धी समस्या समाधान नभएको अवस्थामा सोही रोजगारदाताका लागि थप कामदार पठाउने तयारी भएको विषयमा विभाग र दुतावासको तत्काल ध्यानाकर्षण हुनुपर्ने पीडितहरुको माग छ । 

पीडितहरुले आफूलाई सम्झौताअनुसार रोजगारी र पारिश्रमिक उपलब्ध नगराइएको तथा आर्थिक क्षति भएको उल्लेख गर्दै सम्बन्धित म्यानपावर र मलेसियामा रहेका एजेन्ट माथि छानबिन तथा कानुनबमोजिम कारबाहीको माग वैदेशिक रोजगार बिभाग समक्ष गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी