२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

९ जेष्ठ २०७५, बुधबार १०:०५

 प्रेम सुनार/जेठ–९ गुल्मी ।  गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको ज्यान गएको हो । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्यान गए पनि परिवारलाई आज मात्र जानकारी  दिईएको हो ।

१५ महिना अघि दुवई उडेका बिकको घरमा अहिले एक श्रीमति मात्रै रहेकी छन्  । दिदी वहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेशियाबाट फर्केका थिए । उनी र  बाग्लुङ्ग जलजलाकी लक्ष्मीसंग प्रेम विवाह भएको थियो ।  तिन वर्ष अघि विवाह भए पनि बढि मात्रमा विदेशको वसाई भएकोले सन्तानको रहर गर्दागर्दै उनको त्यो रहर अधुरै रहेको छ ।

माईती घर पुगेकी उनकी श्रीमति लक्ष्मी यति वेला मुर्छित बनेकी छन् । उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागज पत्र तयारी गर्दै रहेको मृतकका भिनाजस रविलाल बिकले बताए । स्थानि समाज सेवी महेन्द्र बिसीका अनुसार उनि १५ महिना अघि काठमाण्डौंको  बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा  उडेका थिए ।

प्रकाश सपुतको गीत गुनगुनाउँदै आफन्त

हालै प्रकाश सपुतको ‘वोल न माया एक वचन वोल’ तिम्रै वोली छ मलाई अनमोल’ वोलको गीत उनको मृत्युको खवर संगै उनका आफन्त र छिमेकीले गुनगुनाउन थालेका छन् ।  उक्त गीतको अन्तरमा– ‘धन ल्याउँ छु भन्दै गएका थियौं उडेर आकाशमा , कस्तो भई गयौं कस्तो भई आयौं काठको वाकसमा…’ भनिए झैको  विलौना  र चित्कारमा छन बिक पत्नी लक्ष्मी पनि।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की