२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशबाट पहिलो श्रम स्वीकृति जिलानी मोमिनलाई

१५ पुष २०७५, आईतवार ०७:४९

पुष १५, काठमाडौं | हिजोसम्म काठमाडौँबाट मात्र पाइने श्रम स्वीकृति आजबाट जनकपुरदेखि पनि जारी गर्न सुरु भएको छ । जनकपुरबाट आज पहिलो पटक प्रदेशबाट श्रम स्वीकृति पासपोर्ट नम्बर ०७८८८५९३ का एमडी जिलानी मोमिनले लिएका छन् । (तल तश्वीरमा हेर्न सक्नुहुन्छ) 


सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन थालेको हो । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृतिको सेवा सुरु हुनेछ । प्रदेशको श्रम कार्यालयले डिमान्ड लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फर्छ्यौटको समेत काम गर्नेछ । त्यस्तै प्रदेश कार्यालयबाटै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्ने, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम गर्नेछ । 

जनकपुरमा वैदेशिक रोजगारीको लागि श्रम लिन पुगेकाहरुको उत्साहजनक उपस्थिति रहेको बैदेशिक रोजगार बिभागका आईटि प्रमुख राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब श्रम स्वीकृतिको लागि मात्र नभई बैदेशिक रोजगारीको समस्या बोकेर काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ । पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा दिने र लगत्तै अन्य प्रदेशबाट सेवा सुचारु गरिने श्रम मन्त्रालयको तयारी छ । बैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी चाप रहेको प्रदेश २ मा पहिलो चरणदेखिनै कार्यालय स्थापना भएसँगै प्रदेशबाट सेवा लिने उपभोक्तालाई निकै सहज हुने भएको छ । प्रदेश २ बाट दैनिक करिब चार सय युवा रोजगारीका लागि विदेश जाने गरेका बैदेशिक रोजगार बिभागले जनाएको छ । त्यसपछि प्रदेश ५ बाट दैनिक करिब दैनिक तीन सय युवा बैदेशिक रोजगारीमा जाने गरेका छन् । 


माथिको तश्वीरमा: प्रदेश २ बाट पहिलो दिन श्रम स्वीकृति प्रदान गरिदै 

प्रदेश श्रम कार्यालयमा अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत कम्तीमा ६ जनासम्म कर्मचारी रहनेछन् । 

प्रदेश ३ को कार्यालय ताहाचलनै रहने भएपछी अब बाँकी ४ प्रदेशमा पनि कार्यालय खुल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान