पुस १९ ,क्वालालम्पुर। नेपाली राजदूतावास मलेसियाले इपोमा श्रमिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।नेपाली कामदारको बाक्लो उपस्थिती रहेका शहरहरुमा क्वालालम्पुरमा रहेको नेपाली राजदुतावासले प्रदान गर्दै आएका सेवा तथा श्रम सम्बन्धी श्रमिक सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।
गत डिसेम्बर १६ तारिख पेनाङमा, २३ तारिख जोहोर र मलका राज्यमा राजदूतावास मलेसियाले सचेतनात्मक कार्यक्रम गरिसकेको छ। त्यस्तैगरी जनवरी १३ तारिखका दिन ठुलो सङ्ख्यामा नेपालीहरु रहेको इपो सहरको होटल इक्सल्सियरमा दिउँसो १२ बजेदेखि दूतावासको अन्तरक्रिया कार्यक्रम हुँदैछ। सो कार्यक्रममा सहभागिताको लागि दुतावासले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।
