२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा समस्यामा पर्नुभयो ? सरकारले शुरु गर्दैछ कल सेन्टर

१९ पुष २०७५, बिहीबार १०:०५

पुस १९, काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सक्रियतामा आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

यसअघि श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ को शुभारम्भ गरेका थिए । उक्त कक्षबाट  

प्रभावकारी सेवा संचालन नभएपछि हाल पुन: व्यवस्थित गरि मन्त्रालय रहेको भवनबाट नै सहायता कक्ष संचालनमा ल्याउन लागिएको हो । यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ। हाल बैदेशिक रोजगारीको लागि विदेश पुगेका तथा नेपालमै समस्यामा परेकाहरुले बैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र हेलो सरकारजस्ता निकायमा गुनासो गरेपनि सुनुवाई छिटो छरितो हुन सकेको छैन । 

सहायता केन्द्रबाट पाइने सुविधाहरु 

सहायता केन्द्र संचालनमा आएपछि विदेशमा समस्यामा परेकाहरुले टेलिफोन मार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गराउन सक्ने व्यवस्था गरिंदैछ। पीडितका गुनासाका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।

प्राप्त हुने उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ । अनलाइनमार्फत उजुरी दर्ता हुनासाथै सम्बन्धित अधिकारीलाई इमेल र मोबाइलमा नोटिफिकेशन जाने गरी सफ्टवेयर विकास गरिन लागेको हो ।

सहायता केन्द्रमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्रि नम्बर राखिनेछ । विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया शुरु गर्ने योजना बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट