२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी वृद्धि नगर्न सत्तापक्षकै सांसदद्वारा संशोधन दर्ता

२२ पुष २०७५, आईतवार १६:३९

पुस २२, काठमाडौं । म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्न नहुने भन्दै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

म्यानपावर कम्पनीको धरौटी वृद्धि नगरी अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सांसद यादवले विधयेकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सत्तापक्षकै सांसदले म्यानपावर धरौटी नबढाउन संसोधन प्रस्ताव दर्ता गराएपछी म्यानपावर धरौटीको बिरोधमा रहेका म्यानपावर व्यवसायीहरुले राहत महशुस गरेका छन् । म्यानपावर व्यावसायीहरु धरौटी बिरोधमा स-शंकित रहेको अवस्थामा कांग्रेस पक्षका संसदहरुले पनि धरौटी बढाउन नहुने बताउँदै आएका छन् ।

आइतवार यादवले दर्ता नम्बर १४ मा आफ्नो संशोधन प्रस्ताव दर्ता गराएका छन् । गत पुस ९ गते संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा म्यानपावर कम्पनीको धरौटी अब कम्तीमा ३ करोड रुपैयाँ हुने प्रस्ताव गरिएको छ ।

उक्त विधेयकमा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरि ६ करोड पुर्याउनुपर्ने र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई एक करोड रुपैयाँ नगद र दुई करोड बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

यादवले दर्ता गरेको संसोधन प्रस्ताव अनुसार ७ लाख रुपैयाँ नगद र ३० लाख रुपैयाँ बैंक ग्यारेन्टी हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान