२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

२०७५, ११ माघ शुक्रबार ०३:४९

माघ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो ।


यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन तथा आफूलाई परेको समस्या राख्न काठमाडौँ धाउनु नपर्ने भएको छ । 

यस अघिकै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखराबाट र प्रदेश ६ को सुर्खेतबाट यो सेवा उपलब्ध गराइसकेको छ । 


वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन सुदुरपस्चिम प्रदेशबाट पनि यो सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ । हाललाई यो कार्यालयले प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्नेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।


सुदुरपश्चिमबाट पहिलो श्रम स्वीकृति गोर्ख बहादुर खावासालाई 


सुदुरपश्चिमबाट पहिलो श्रम स्वीकृति गोर्ख बहादुर खावासाले प्राप्त गरेका छन् । उनले मलेसियाको INTI KERJAYA SDN. BHD. कम्पनीको लागि Worker पदको लागि व्यक्तिगत श्रमस्वीकृति लिएको मन्त्रालयका इञ्जिनियर राजु श्रेष्ठले साझा सबाललाई जानकारी दिए । पहिलो श्रम स्वीकृति सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले खावासालाई प्रदान गरेपछि प्रदेश श्रम कार्यालयले औपचारिक रुपमा सुदुरपश्चिमबाट श्रम स्वीकृति वितरणको काम सुरु गरेको इञ्जिनियर श्रेष्ठले बताए । 

तश्वीर क्रेडिट: राजु श्रेष्ठ/ बैदेशिक रोजगार बिभाग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी