२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार बिभागद्वारा चार्टर्ड ग्लोबल म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)

२०७५, २८ माघ सोमबार ११:३९

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको हो ।

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको हो । सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगरले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा  पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले  विभाग टोलिले सोमबार (आज) म्यानपावरमा छापा हानेको हो । 


आज विभाग टोलि र संचारकर्मी सहित म्यानपावर कम्पनीमा पुग्दा २/३ जना कर्मचारी बाहेको कोहि थिएन । सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले म्यानपावर सुनसान जस्तै देखेका थिए तर पछी थाहा भयो कि कामदारलाई कोठा भित्रै राखेर लक गरि रकम अशुली गरिएको थियो । भीत्र बाट पैसा बुझाउने कामदारले भीत्र रहेको सूचना दिएपछी १ लाख ३० हजार गन्दै गरेका म्यानपावरका एजेन्ट पैसा टेवलमै छाडेर उक्त कोठाबाट बाहिरिएका थिए । आफुहरुलाई भित्र थुनेर पैसा अशुली गरेको र अनुगमन टोली आएको थाहा पाएपछि पैसा लिएको छैन भन्ने बहाना बनाउन गन्दै गरेको पैसा टेवलमै छाडेर बाहिरिएको कामदारहरुले बताएका छन् । 

विभाग टोलि म्यानपावर कम्पनीमा पुगेको जानकारी पाए लगत्तै रकम लिंदै गरेका व्यक्ति पैसा लिएको छैन भन्दै बाहिर निस्केका थिए । १ लाख ५० हजार मागेको म्यानपावरले यसअघि एजेन्ट मार्फत २०/२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । 

म्यानपावर कम्पनीबाट डिमाण्डका पुर्व र अन्तिम फाइल, विभिन्न रसिद लगायत नगद १ लाख ३० हजार सहित सामाग्री विभागको अनुगमन टोलीले जफत गरेको छ । साथै रकम लिंदै गरेका कर्मचारी र म्यानपावर संचालकलाई बयानका लागि नियन्त्रणमा लिएर विभाग लगेको छ । विभागले आवश्यक अनुसन्धान गरि पीडितलाई सरकारले तोकेकै रकममा दुवई पठाउने र आवश्यक थप अनुसन्धान गर्ने जानकारी दिएको छ । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू