२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाली भाषा परीक्षाको फारम भर्न ४ दिन बाँकी छँदै अघिल्लो बर्षको आवेदन रेकर्ड तोडियो

२०७५, १३ चैत्र बुधबार १२:४४

चैत १३, काठमाडौँ । नेपाली युवाहरुको लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा रोजगारीको लागि अघिल्लो बर्षको तुलनामा अझै बढी आवेदन पर्ने देखिएको छ । 

सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आजको पछिल्लो अपडेट अनुसार ८१ हजार ३०७ जनाले आवेदन फारम भरेको बैदेशिक रोजगार बिभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् । फारम भर्नेमा उत्पादनमूलक क्षेत्रमा ५६ हजार भन्दा बढी र कृषि क्षेत्रमा २५ हजार १०० जना भन्दा बढी छन् । यस अघि सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । तर यो पटक फारम भर्ने म्याद अझै ४ दिन बाँकी छदा ८१ हजार ३०७ जनाले आवेदन फारम भरिसकेका छन् । 

दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेको इपिएस शाखाले जनाएको छ ।

इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाहरुले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउने सुविधा पनि छ ।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन सक्छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।


कोरियन भाषा परीक्षाको लागि योग्यता

- १८ वर्ष पुरा गरि ३९ बर्ष ननाघेको व्यक्ति ।

- अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति ।

- विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति ।

- आफ्नो देशबाट विदेश जान रोक नलगाइएको व्यक्ति ।

- दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने व्यक्ति ।

कोरियन भाषा परीक्षा संचालन

- हरेक देशको बांकि रहेका कामदार सूचि बहाल संख्या र कामदारले रोजगारी प्राप्त गर्ने अवस्थालाई हेरेर परीक्षा संचालन गरिने छ ।

- अग्रिम सूचना मार्फत परीक्षा लिने सम्वन्धी सम्पूर्ण जानकारी गराईने छ ।

- कोरियन भाषा परीक्षाको प्रश्न

- सुनाई २५ प्रश्न, पढाई २५ प्रश्न जम्मा ५० प्रश्न ( परीक्षा समय जम्मा ७० मिनेट)

कोरियन भाषा परीक्षा लिएपछि तोकिएको मितिमा वेबपेज मार्फत प्रकाशित हुन्छ । जसको लागि http://epstopik.hrdkorea.or.kr हेर्न सकिन्छ । कोरिया भाषा परिक्षामा कुल २०० पूडाङ्कमा सबैभन्दा धेरै मार्क ल्याउने संख्याको आधारमा उक्त देशमा पास गर्ने संख्या निर्धारण गर्ने गरिएको छ । एक पटक भाषा पास गरेपछि २ वर्षसम्म मान्य हुन्छ । कोरियन भाषा परीक्षामा पास हुनु भनेको कोरियामा रोजगार आवेदन भर्नलाई योग्य हुनु हो तर पास गरेकै आधारमा गणतन्त्र कोरियामा रोजगारीको ग्यारेण्टी भने हुँदैन ।

कोरिया जाने ५ प्रक्रिया के-के ? 

१. परीक्षामा पास

२. रोजगार आवेदन

३. रोजगार सुचि प्रमाणित

४. कामदार छनौट (रेन्डम्ली)

५. रोजगारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु