२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरद्वारा मलेसियाको कलिङ भिषा लागेका कामदारबाट डेढ लाखसम्म अशुल्दै

२०७५, २० चैत्र बुधबार १३:१०

मनोज पराजुली, चैत २०, काठमाडौं । मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट म्यानपावरले डेड लाखसम्म रकम माग्न थालेका छन् । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट कुनै पनि शुल्क म्यानपावर कम्पनीले लिन नपाउने बताएको छ।   

भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम समझदारी अनुरुप कामदार पठाउनुपर्ने श्रम मन्त्रालयका बैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकाल बताउँछन् । श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ । साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेका छन् । 

विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी पहिलो चरणमा सोमबारबाट कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिएको थियो । सो पश्च्यात म्यानपावर कम्पनीले श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया शुरु गरेसंगै कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका छन्  । म्यानपावर कम्पनीले कलिङ भिषा आएका कामदारबाट १ लाख ५० हजारसम्म मागेको गुनासो  बैदेशिक रोजगार एप मार्फत आउन थालेका हुन् ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा आवश्यक प्रक्रिया शुरु गर्नेगरि बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र काटेको थियो। सोहि अनुरुप प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा श्रम कार्यालय मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ। 

हाल कलिङ भिषा आएर मलेसिया जान पर्खाइमा रहेका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको व्यवसायी संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस