२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरद्वारा मलेसियाको कलिङ भिषा लागेका कामदारबाट डेढ लाखसम्म अशुल्दै

२० चैत्र २०७५, बुधबार १३:१०

मनोज पराजुली, चैत २०, काठमाडौं । मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट म्यानपावरले डेड लाखसम्म रकम माग्न थालेका छन् । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट कुनै पनि शुल्क म्यानपावर कम्पनीले लिन नपाउने बताएको छ।   

भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम समझदारी अनुरुप कामदार पठाउनुपर्ने श्रम मन्त्रालयका बैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकाल बताउँछन् । श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ । साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेका छन् । 

विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी पहिलो चरणमा सोमबारबाट कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिएको थियो । सो पश्च्यात म्यानपावर कम्पनीले श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया शुरु गरेसंगै कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका छन्  । म्यानपावर कम्पनीले कलिङ भिषा आएका कामदारबाट १ लाख ५० हजारसम्म मागेको गुनासो  बैदेशिक रोजगार एप मार्फत आउन थालेका हुन् ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा आवश्यक प्रक्रिया शुरु गर्नेगरि बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र काटेको थियो। सोहि अनुरुप प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा श्रम कार्यालय मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ। 

हाल कलिङ भिषा आएर मलेसिया जान पर्खाइमा रहेका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको व्यवसायी संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान