२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी खोज्दै वैशाखमा मात्रै ४८ हजार युवा विदेशिए, सरकारको बेरोजगार लक्षित कार्यक्रम खै ?

२०७६, ७ जेष्ठ मंगलवार ०४:०१

जेष्ठ ७, काठमाडौं । सरकारले बेरोजगार लक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि नेपालीहरु बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । कामको खोजीमा वैशाख महिनामा मात्रै ४८ हजार युवा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वैशाख महिनाको तंथ्याक अनुसार संस्थागत,व्यक्तिगत, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी ४८ हजार ७ सय ५६ जना रोजगारीको खोजीमा विदेशिएका छन् ।वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीका लागि २२ वटा देश गएको विभागले जनाएको छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत पुन श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

त्यस्तै गरि ४१ देशका लागि ५ सय ८८ पुरुष र १ सय ६६ महिला गरि ७ सय ५४ जनाले व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिएका छन् । वैधानिकरण मार्फत ५३ देशका लागि १५ सय ६४ पुरुष र १ सय ४३ महिला गरि १७ सय ७ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

कामदारको पहिलो रोजाई कतार, दोश्रोमा साउदी अरव 

विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार पहिलो स्थानमा परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्। अघिल्ला वर्षहरुमा युवाहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा मलेसिया रहँदै आएको थियो । तर सरकारले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण देखिएको हो । 

कतारपछि नेपाली युवाहरुको दोश्रो रोजाइमा साउदी अरब परेको छ। साउदीमा बैशाख महिनामा मात्रै ११ हजार ९ सय ७२ जना गएका छन् भने तेश्रोमा युएई परेको छ ।  युएई जाने कामदारको संख्या १० हजार २ सय ४० रहेको छ। 

५९ प्रतिशत अदक्ष कामदार

वैशाख महिनामा विदेशिएका ५९ प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय ५० अदक्ष कामदार छन्। सम्बन्धित काम बारे सिप नहुँदा अदक्ष कामदारहरुले निम्न स्तरको काम गर्दै आएका छन् जसका कारण तलब समेत कम पाउने गर्दछन् । विभागको रेकर्ड अनुसार १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सय २२ कामदारहरु अर्धदक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू