२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको जेनेभा यात्रा: मोरिसस र युएईसँग श्रम समझदारी हुँदै

२०७६, २२ जेष्ठ बुधबार १०:०५

जेठ २२, काठमाडौँ | अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को कार्यक्रममा सहभागी हुन सनिबार प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाँदैछन् । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले एक अफ्रिकी र एक अरवी देशसँग बैदेशिक रोजगारीको लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तय भएको छ ।

जेनेभामा प्रधानमन्त्री ओलीले मोरिसस र युएईसँग श्रम समझदारीमा दुईपक्षीय हस्ताक्षर गर्ने योजना बनाइएको बुझिएको छ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौता गरिसकेको भएपनि समयानुकुल बनाएर नयाँ समझदारी गर्न लागिएको हो । 

त्यस्तै नेपाल र मोरिससबीच भने पहिलो पटक श्रम समझदारी हुन लागेको हो । यसअघि कुनै पनि अफ्रिकन मुलुकसँग नेपालले श्रम समझदारी वा सम्झौता गरेको छैन । दुवै देशसँग गरिने श्रम सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । सम्झौतामा दुवै देशसँग शुन्य लागतको उल्लेख गरिएको बताइएको छ । सम्झौताले सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ ।

नयाँ समझदारी अनुसार भएमा अब यूएई पुगेका श्रमिकहरुले पासपोर्ट आफैसँग राख्न सक्नेछन् । समयमै तलब नपाए उजुरी दिन सक्ने, यदी मृत्यु भएमा शव समेत नेपाल पठाउने व्यवस्था सहितको विमा, स्वास्थ्य विमाको सेवा रोजगारदाताले नै ब्यहोर्ने छन् । 


मोरिससबारे थप

कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारका लागि राम्रो गन्तव्य मान्न सकिने धेरै आधारहरु छन् । मोरिसससँग समझदारी भएमा २० हजारसम्म कामदार लैजाने बिषयमा अघिल्लो बर्षनै चर्चा चलेको थियो । रोजगारीका लागि मलेसिया बन्द रहेको र खाडी मुलुकमा पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना बृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ । समझदारी भएमा संस्थागत रुपमै नेपाली कामदार त्यस देशमा पुग्नेछन् । 


नेपालजस्तै पर्यटकीय सम्भावना बोकेको मोरिससमा निरन्तर बढिरहेको पर्यटक आगमनले धेरै रोजगारीका अवसर सिर्जना भइरहेको अवस्था छ । मोरिससमा विभिन्न मुलुकबाट पर्यटक आइरहेकाले पर्यटन क्षेत्रमा काम गर्ने नेपाली मजदुरको माग बढि हुनसक्ने आंकलन छ । पर्यटन सँगै होटल क्षेत्रमा काम गर्न सक्नेको माग रहेको बुझिएको छ । पर्यटक संख्या बृद्धि हुँदै गइरहेको र प्रतिव्यक्ति आम्दानी पनि राम्रो भइरहेकाले मरिससमा यस अघि व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरुले पनि राम्रो पारिश्रमिक पाइरहेको बताइन्छ । त्यस देशमा राम्रो अंग्रेजी बोल्न सक्नेले मासिक दुई लाख रुपैयाँसम्म कमाउन सक्छन । त्यस्तै अंग्रेजीको अलावा हिन्दि पनि चल्ने हुँदा नेपाली कामदारको लागि भाषा सहज हुने बताइएको छ । 

मोरिससको आर्थिक अवस्था राम्रो भएकाले यहाँ काम गर्न आउने जुनसुकै पदका व्यक्तिले पनि महिनामा एकलाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउन सक्नेछन ।  

मोरिससको संस्कृति नेपालको जस्तै मिश्रित खालको छ, जसको कारण पहिले यो फ्रान्सको अधीनमा हुनु र पछि ब्रिटिश स्वामित्वमा आउनुलाई मानिन्छ । मोरिसस द्वीप बिलय हुँदै गएका केहि पन्छीको अंतिम र एकमात्र घरको रुपमा पनि लिइन्छ ।

मोरिसस १९६८ मा स्वतन्त्र बन्यो र सन् १९९२ मा एक गणतंत्र राष्ट्र बन्यो । मोरिससमा एक स्थिर लोकतन्त्र छ, जहाँ नियमित रूपमा स्वतन्त्र निर्वाचन हुन्छ र मानवाधिकारको सन्दर्भमा पनि यो देशको छवि निकै राम्रो छ, यो देश अफ्रिकी मुलुककै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देशमध्य एक हो ।

यहाँको अर्थ व्यवस्था मुख्यतः उखु, पर्यटन, कपडा र सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रमा पनि तेज गतिमा यसले विकास गर्दैछ । यहाँ उखुको लागि ९० प्रतिशत कृषियोग्य भूमिमा उत्पादन गरिन्छ र जसको कुल निर्यात आयको २५ प्रतिशत प्राप्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस