२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेहरुको मेडिकल गर्न ५१ स्वास्थ्य संस्था छनौट, ७५ संस्थाको मापदण्ड पुगेन

२७ जेष्ठ २०७६, सोमबार ०९:४४

जेठ २७, काठमाण्डौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि निवेदन दिएर मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ५१  स्वास्थ्य संस्था सुचिकृतका लागि योग्य देखिएका छन् । 

सुचिकृत भएका संस्थाले धरौटी र सूचीकरण शुल्क जम्मा गरि ७ दिनभित्र श्रम मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन दिएका १ सय २६ मध्ये ७५ वटा संस्थाले आवश्यक मापदण्ड पुरा नगरेका कारण सूचिकृत हुन नसकेको श्रम मन्त्रालयले जनाएको छ। 

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि सीमित संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यसलाई तोड्न अग्रसरता देखाएका थिए। सोहि अनुरुप मापदण्ड पुग्ने सबै संस्थालाई श्रम मन्त्रालयमा सुचिकृत हुन गत चैत्र १३ आह्वान गरिएको थियो । सरकारले दिएको समयसीमा भित्र १२६ संस्थाले आवेदन दिएका थिए । तिनै आवेदन दिएका संस्थाबाट ५१ वटा संस्था छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य परीक्षणका लागि श्रम मन्त्रालयमा यसअघी २२६ संस्था सुचीकृत भएका थिए। 

सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले बैशाख ८ गतेदेखि देखि अनुगमन गरेको थियो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटाएको थियो । उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद र  उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको थियो । 

चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जनाको टोलीले अनुगमन गरेको थियो । 

मापदण्ड पुरा गरि छनौट भएका स्वास्थ्य संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला । 

मापदण्ड पुरा गर्न नसकेका ७५ संस्थाको नाम हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य