२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजुट हुँदै म्यानपावर व्यवसायी, संघको निर्वाचनमा प्यानल नै घोषणा गर्ने फोरमको तयारी

२०७६, २७ जेष्ठ सोमबार १३:३४

जेठ २७,काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनलाई सफल बनाउन नेपाली कांग्रेस निकट म्यानपावर व्यवसायी एकजुट हुन थालेका छन् । संघको आगामी २७ असारमा हुने निर्वाचनमा आफ्नो पक्षको जीत सुनिश्चित गर्न नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा आवद्ध भएका व्यवसायी एकजुट भएका हुन् । 


संघ कार्यसमिति बैठकले आगामी असार २७ गते संघको साधारणसभा र नयाँ कार्यसमितिका लागि चुनाव गराउने निर्णय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ।  संघको निर्वाचन मिति घोषणा पछि आगामी कार्ययोजना बनाउन फोरमको बैठक आइतबार बसेको थियो । 

आगामी निर्वाचनलाई मध्यनजर राख्दै फोरमका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमिति र अध्यक्षका आकांक्षीहरुको संयुक्त बैठक आज बसेको हो ।

सघका निवर्तमान अध्यक्ष बिमल ढकालको जन्मदिनको अवसरमा सोमबार भएको भेलामार्फत आफ्ना कमि कमजोरी सुधार गर्दै लोकतन्त्रमा आस्थावान सम्पूर्ण म्यानपावर व्यवसायीलाई एकतावद्ध गराएर लैजाने विषयमा छलफल भएको छ । आजको भेलाले संघको आगामी कार्यसमितिका लागि छिट्टै प्यानल घोषणा गर्ने तयारी गरेको फोरमका कार्यसमिति सदस्य संजय पनेरुले जानकारी दिए ।

संघको कार्यसमितिको कार्यकाल ३ महिना बाँकी रहँदै गत चैत २६ गते साधारणसभाको मिति तोकिएको थियो । तर संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको युवा संगठनले बम विष्फोट गराएर क्षति पुर्याएपछि साधारणसभा र निर्वाचन स्थगित भएको थियो । 

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर यस पटक सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गराउँदा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै व्यवसायीहरु संघ प्रति रुष्ट देखिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस