२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेकालाई मतदानको अधिकार दिलाउन छायाँ श्रममन्त्रीद्वारा सरकारको ध्यानाकर्षण

२०७६, २९ जेष्ठ बुधबार ०७:३९

जेठ २९, काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने तर्फ काम गर्न प्रतिनिधिसभाकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको ध्यानाकर्षण गराएकी छन् ।  प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद पन्तले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वन्चित हुनुपरेको भन्दै उनीहरुलाई पनि समेट्ने गरि काम गर्न सरकारसंग माग गरिन् ।

प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी संयोजक रहेकी पन्तले भनिन् 'श्रमिकले यस विषयमा सर्वोच्च अदालतले यसअघि नै दिएको आदेश कार्यान्वयमा सरकार किन मौन छ ?'  सर्वोच्चले २०७४ चैत्र ११ गते विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो । 

उनले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था के छ भन्ने प्रश्न गर्दै सो कार्यक्रम कार्यान्वयनमा हालसम्म रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकिरहेको धारणा राखिन् । यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान नसक्ने अवस्थाले थप जटिलता सिर्जना भएको उनको भनाई थियो । यस विषयमा सरकारले ठोस कार्यक्रम बनाउनु पर्ने उनको माग थियो ।

साँसद संग्रौलाले सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्ने तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सरकार के गर्दैछ भनेर प्रश्न गरिन् ।

यसैगरी हाल सरकारले गरेको न्यूनतम ज्याला नीजि क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था रहेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारले के कसरी अनुगमन गर्दैछ भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस