२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

३० जेष्ठ २०७६, बिहीबार ०९:३२

जेठ ३०, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको छ। फोरम अध्यक्ष हंशराज वाग्लेद्वारा एक सूचना जारि गर्दै  संघको सदस्य देखी अध्यक्ष सम्मका पदहरुमा उम्मेद्वारी दिन योग्यता पुगेकाहरुले नाम दर्ता गराउन अनुरोध गरिएको छ ।


फोरमका सदस्यले आफु कुनै पदमा आकाँक्षी भएमा भोली/शुक्रवार १ बजे भित्रमा आफुले उम्मेदवारी बन्न चाहेको पद उल्लेख गरी फोरमको कार्यालय नयाँबानेश्वरमा नाम दर्ता गराउन सक्नेछन् ।  नाम दर्ता प्रश्चात फोरमका संस्थापक अध्यक्ष ,पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहरुको सल्लाह सुझाव बमोजिम आँकाक्षीहरु मध्येबाट नेपाली कांग्रेस पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा फोरमको कार्यसमितिले उपयुक्त उम्मेदवार छनोट गर्ने जनाइएको छ । उम्मेद्वारी दिन चाहेको पदमा आफनो नाम टिपाउन चाहने आँकाक्षीहरुले लोकतान्त्रिक फोरमको तिनुपर्ने लेवी अनिवार्य बुझाउनु पर्ने जनाइएको छ ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर नेकपा सरकार हुँदा पनि व्यवसायीका माग सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस निकट व्यवसायीले संघको कार्यशैली प्रति आलोचना गर्दै आएका छन् ।

यस पटक सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गराउँदा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै व्यवसायीहरु संघ प्रति रुष्ट देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट