२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: ओरियन्टेसनमा फिङ्गर सेटिङ, ९० प्रतिशत संस्थाले पढाउँदैनन्

२०७६, २ असार सोमबार १५:४५

असार २, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम नपढाइकन रकम असुल्ने माध्यम बनेको छ । ईजाजत प्राप्त संस्थाले फिङ्गर हाजिर गराएर रकम असुल्ने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई आवश्यक जनचेतनामुलक तालिम दिन अनिवार्य शर्त गरे पनि एजेन्ट र म्यानपावरको फन्दामा परेका सर्वसाधारण नपढीकनै रकम तिर्न बाध्य बनेका हुन ।

वैदेशिक रोजगारीमा जानु पूर्व दुई दिनको आठ घण्टा तालिम लिनु पर्ने अनिवार्य व्यवस्था वैदेशिक रोजगार विभागले गरेको छ । तर विभागकै कर्मचारीको मिलेमतोमा तालिम नै नलिई वैदेशिक रोजगारीमा जाने सर्वसाधारणले आठ घण्टाको जनही सातसय तिर्न वाध्य भएको कामदारहरुको आरोप छ । 

गत वर्ष देखि सरकारले अभिमुखीकरण तालिम दिने संस्थालाई उपत्यका भन्दा बाहिर सञ्चालन गर्न पाउने अनुमती प्रदान गरेको थियो । राजधानीमै रहेका अधिकांस त्यस्ता तालिम दिने संस्थाहरु मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा छन । सरकारले वैदेशिक रोजगारीमा जाने सर्वसाधाारण नागरिकलाई अनिवार्य तालिम दिने व्यवस्था मिलाउने भन्दै फिङ्कर हाजिरी गराउन थालेको थियो । यो हाजिरी तालिम दिने संस्थाले गराउनु पर्छ । दैनिक सात सयदेखि एक हजारको हाराहारीमा नेपाली कामदारहरु विदेशिने वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । एक हजारको तालिमबाट दैनिक सातलाख उठ्छ भने मिलिमतोबाट बाडफाड हुने बताइन्छ । 

दिवा सत्रको हाजिर १ बजे एक पटक र ५ बजे,बिहानी सत्रमा ७ बजे हाजिर गराएर ११ बजे छाडिन्छ । तर रोजगारीमा जाने सर्वसाधारण हाजिरै गर्न आउँदैनन् । संस्थाका कर्मचारीको मिलेमतोमा चोर औंलाले हाजिर गराएर विभाग देखि विमानस्थलसम्म सेटिङ गरिने गरेको आरोप छ । 

फिङ्कर हाजिर भनेको मेसिनबाट गरिने हाजिर हो । सम्बन्धित व्यक्तिको बुढी औलाले हाजिर गर्नु पर्छ । त्यो हाजिर विभाग देखि विमानस्थलको लेवर डेस्क सम्म इन्टरनेटको माध्यामबाट पुग्छ । तालिम दिने संस्थामा गरेको फिङ्कर हाजिरी अनुसार कामदारले वैदेशिक रोजगारीमा जाने पहिलो द्वार विमानस्थलको लेवर डेस्कमा पनि गर्नु पर्छ । फरक परेमा मेसिनले रिजेक्ट गर्छ । तर कुन संस्थाबाट कति जनाको सेटिङ पठाएको छ भन्ने कुरा विभागदेखि विमानस्थलका कर्मचारीलाई पहिले नै जानकारी हुने हुँदा यो काममा घुष लेनदेन हुने आशंका छ । 

रोजगारीको लागि विदेशिने कामदारलाई अभिमुखीकरण तालिम दिने प्रथा शुरु देखि नै थियो । शुरुमा तालिम दिने संस्थाले झोलामा अफिस राखेर प्रतिगोटा पचास रुपैयामा सर्ठिफिकेट बिक्री गर्ने गर्थे । विस्तारै वैदेशिक रोजगार विभागले अनुगमन गर्न थाल्यो । 

पचास जना र पच्चीस जनाको सिट क्षमता भएका संस्थाहरुले दैनिक दर्जनौ कामदारको तालिम सेटिङ्क गर्दै आएको बताइन्छ । अहिले मेसिनबाट फिंगर हाजिर गराउने पद्दतीले त झन कर्मचारीलाई अनुगमन नगई रकम असुल्ने बलियो माध्याम बनेको छ ।

उपत्यका र उपत्यका बाहिर पनि सरकारले श्रमस्वीकृतिको अनुमती प्रदान गरेको छ । उपत्यका बाहिरका प्रदेशहरुमा एकपटक वैदेशिक रोजगारीमा गएर आएका कामदारको श्रम नविकरण गरिन्छ । नयाँ कम्पनी र नयाँ देशमा जाने कामदारले नयाँ श्रमस्वीकृति लिनु पर्छ । नयाँ श्रम स्वीकृति लिन काठमाडौं नै आउनु पर्छ । तर अभिमुखीकरण तालिम भने उपत्यका वा उपत्यका बाहिर जहाँ लिए पनि हुन्छ । उपत्यकामा त सरकारी अनुगमन छैन भने उपत्यका बाहिर त झन अनुगमन हुने कुरै भएन । अनुगमनमा मापदण्ड नपुगे विभागले कार्वाही र निलम्बन सम्म गर्न सक्छ । अनुगमन गर्नु भन्दा मिलिमतोमा सेटिङ मिलाएर काम गर्उने आरोप लगाइएको छ ।

व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई तालिम प्प्रारदान गर्ने प्रशिक्षकलाई ४ पटक भन्दा बढी तालिम दिइसकेको छ । उक्त तालिमबाट कम्तीमा छ सय भन्दा बढी शिक्षक/प्रशिक्षकहरु उत्पादन भइ सकेका छन् । एउटा तालिम दिने संस्थाको लागि कम्तीमा दुई जना प्रशिक्षकको आवश्यकता पर्दछ । हाल सञ्चालनमा रहेका १५० त्यस्ता तालिम दिने संस्थाहरुलाई प्रशिक्षक नपुग्ने कुरै भएन । तर उनीहरुले प्रशिक्षक समेत हटाएर सेटिङ्ग गर्ने गरेको आरोप छ । 

रोजगारीमा जाने सम्बन्धित व्यक्तिलाई तालिम प्रदान गर्दा जनचेतना हुने, उजुर बाजुर गर्न सक्ने आफ्ना हकअधिकार खोज्ने हुँदा सकेसम्म तालिम प्रदान नै नगरी पठाउँदा उनीहरुलाई जनचेतनाको कमी गराएर विदेश पठाउँदा एजेन्ट र म्यानपावर कम्पनीलाई फाइदा हुने देखेर ओरियन्पुटेसन नगराइएको बुझिएको छ । महिला कामदारको हकमा फरक व्यवस्था रहेको छ । महिलाले तालिम लिँदा तिरेको सातसय रुपैया सक्कल रसिद लिएर गएको अवस्थामा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले फिर्ता दिने गरेको छ । कुना-कन्दराबाट आएका महिला कामदारलाई उक्त फिर्ता हुने रकमको जानकारी नै हुँदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस