२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायी संघका महासचिवलाई बधाई दिंदै फोरमले भन्यो, ‘निर्वाचन सार्ने प्रयास नगरियोस्’

२ असार २०७६, सोमबार १६:४८

असार २, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा पदमा मनोनित सरोज पोखरेललाई बधाई दिएको छ । फोरमको एक टिम संघको कार्यालय बत्तीसपुतली नै पुगेर महासचिव पोखरेललाई बधाई दिएको हो ।


संघका तत्कालीन महासचिव नरेश गेलालले कतार भिसा सेन्टर स्थापना गरेर सरकारले नै सिण्डिकेट खडा गरेको भन्दै राजिनामा दिएपछि महासचिव पद रिक्त रहेको थियो । संघले उक्त रिक्त  पदमा व्यवसायी सरोज पोखरेललाई मनोनयन गरेको थियो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षका उम्मेदवार बनाउने चर्चा चल्दै आएको छ । 

फोरमले महासचिव पोखरेललाई बधाई दिंदै संघको निर्वाचन तोकिएकै मितिमा गर्नका लागि पनि ध्यानाकर्षण गरेको छ । संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि थपिएको धरौटी रकम जम्मा गरिसक्नुपर्ने समय भदौ १८ पछि मात्र संघको निर्वाचन हुनुपर्ने भन्दै चलखेल शुरु भएको फोरमले ठहर गरेको  छ । 

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

 २/२ वर्षमा हुने संघको निर्वाचन व्यवसायीको चाड भएको भन्दै चुनाव सार्न चलखेल शुरु गरीए त्यस्तो कार्य फोरमलाई स्वीकार्य नहुने फोरम कार्यसमिति सदस्य संजय पनेरुले बताए । अहिले मलेसिया रोजगारी बन्द लगायत व्यवसायीका जायज माग सम्बोधन हुनेगरी आवाज उठाउने बेलामा संघको निर्वाचन रोक्नुपर्ने कुनै कारण छैन पनेरुले भने 'बरु सबै व्यवसायी एकढिक्का भएर संघको निर्वाचन सफल पार्नुपर्छ।' 

संघले असार १० गतेसम्म लेवी बुझाउन समय तोकेको छ जसअनुरुप व्यवसायीले लेवी बापतको रकम बुझाउन शुरु गरिसकेका छन् । फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरिसकेको छ। नाम दर्ता प्रश्चात फोरमका संस्थापक अध्यक्ष ,पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहरुको सल्लाह सुझाव बमोजिम आँकाक्षीहरु मध्येबाट नेपाली कांग्रेस पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा फोरमको कार्यसमितिले उपयुक्त उम्मेदवार छनोट गर्ने जनाइएको छ । 

संघको निर्वाचनका लागि आकांक्षीहरु देश बाहिर समेत रहेकोले उनीहरुलाई पनि समेट्दै केहि दिन भित्रै नाम सार्वजनिक गरिने फोरम कार्यसमिति सदस्य पनेरुले बताए ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर नेकपा सरकार हुँदा पनि व्यवसायीका माग सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस निकट व्यवसायीले संघको कार्यशैली प्रति आलोचना गर्दै आएका छन् ।

म्यानपावर व्यवसायीको चुनाव: नेकपा निकटले बहिष्कार गर्ने, कांग्रेस निकटको उम्मेद्वारी !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य