२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायी संघका महासचिवलाई बधाई दिंदै फोरमले भन्यो, ‘निर्वाचन सार्ने प्रयास नगरियोस्’

२०७६, २ असार सोमबार १६:४८

असार २, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा पदमा मनोनित सरोज पोखरेललाई बधाई दिएको छ । फोरमको एक टिम संघको कार्यालय बत्तीसपुतली नै पुगेर महासचिव पोखरेललाई बधाई दिएको हो ।


संघका तत्कालीन महासचिव नरेश गेलालले कतार भिसा सेन्टर स्थापना गरेर सरकारले नै सिण्डिकेट खडा गरेको भन्दै राजिनामा दिएपछि महासचिव पद रिक्त रहेको थियो । संघले उक्त रिक्त  पदमा व्यवसायी सरोज पोखरेललाई मनोनयन गरेको थियो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षका उम्मेदवार बनाउने चर्चा चल्दै आएको छ । 

फोरमले महासचिव पोखरेललाई बधाई दिंदै संघको निर्वाचन तोकिएकै मितिमा गर्नका लागि पनि ध्यानाकर्षण गरेको छ । संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि थपिएको धरौटी रकम जम्मा गरिसक्नुपर्ने समय भदौ १८ पछि मात्र संघको निर्वाचन हुनुपर्ने भन्दै चलखेल शुरु भएको फोरमले ठहर गरेको  छ । 

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

 २/२ वर्षमा हुने संघको निर्वाचन व्यवसायीको चाड भएको भन्दै चुनाव सार्न चलखेल शुरु गरीए त्यस्तो कार्य फोरमलाई स्वीकार्य नहुने फोरम कार्यसमिति सदस्य संजय पनेरुले बताए । अहिले मलेसिया रोजगारी बन्द लगायत व्यवसायीका जायज माग सम्बोधन हुनेगरी आवाज उठाउने बेलामा संघको निर्वाचन रोक्नुपर्ने कुनै कारण छैन पनेरुले भने 'बरु सबै व्यवसायी एकढिक्का भएर संघको निर्वाचन सफल पार्नुपर्छ।' 

संघले असार १० गतेसम्म लेवी बुझाउन समय तोकेको छ जसअनुरुप व्यवसायीले लेवी बापतको रकम बुझाउन शुरु गरिसकेका छन् । फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरिसकेको छ। नाम दर्ता प्रश्चात फोरमका संस्थापक अध्यक्ष ,पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहरुको सल्लाह सुझाव बमोजिम आँकाक्षीहरु मध्येबाट नेपाली कांग्रेस पार्टीको केन्द्रिय प्रतिनिधिको रोहवरमा फोरमको कार्यसमितिले उपयुक्त उम्मेदवार छनोट गर्ने जनाइएको छ । 

संघको निर्वाचनका लागि आकांक्षीहरु देश बाहिर समेत रहेकोले उनीहरुलाई पनि समेट्दै केहि दिन भित्रै नाम सार्वजनिक गरिने फोरम कार्यसमिति सदस्य पनेरुले बताए ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर नेकपा सरकार हुँदा पनि व्यवसायीका माग सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस निकट व्यवसायीले संघको कार्यशैली प्रति आलोचना गर्दै आएका छन् ।

म्यानपावर व्यवसायीको चुनाव: नेकपा निकटले बहिष्कार गर्ने, कांग्रेस निकटको उम्मेद्वारी !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता