३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

४ असार २०७६, बुधबार १३:०७

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ । 

डिमाण्डको पुर्व स्वीकृति नै नलिई हजार भन्दा बढी नेपाली श्रमिकलाई साउदीमा हजयात्रा अवधिभरीको लागि मात्र लेवर कार्यको लागि खटिने गरि अस्थाई भिषामा पठाउन लागेपछी विभागले छापा मारी अन्तर्वार्ता नै रोकेको हो । विभाग र प्रहरीको टोलीले म्यानपावरको कागजात नियन्त्रणमा लिएको छ । 

भिडियोमा हेर्नुहोस् 



हजार भन्दा बढीलाई तीन महिनासम्मको लागि रोजगारी दिने भन्दै आइतबारदेखिनै अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभाग सहित संचारकर्मीहरुको टोली अन्तर्वार्तास्थल पुगेको थियो तर विभाग टोलीले आवश्यक कागजात माग गर्दा म्यानपावर सञ्चालकले २०१७ को पुरानो फाइल देखाउंदै ढाँटेका थिए । बिभाग टोलीले उक्त कार्य अवैध भएको ठहर गरेको छ । 



घटनाक्रम के हो ?

मिता इन्टर्नेशनल प्रा. लि (५३०/०६१/६२) ले साउदीको लागि साउदी ग्राउण्ड सर्भिसको लागि ५३ जनाको लागि अन्तर्वार्ता लिन विभागबाट स्वीकृति लिएको देखिन्छ तर उसले सो अनुरुप नभई अर्कै कामको लागि अन्तर्वार्ता लिएको कामदारहरुले बताएका छन् । २ महिनाको लागि काम भनेर एजेन्टले मलाई अन्तर्वार्ताको लागि ल्याएको हो, कपिलवस्तुका खेम बहादुर कुँवरले भने '४० हजार लागतमा १५ सय बेसिक तलब सहित खाना/बस्न सुविधा हुन्छ भनेको थियो ।'  


फजल इन्टर्नेशनल प्रा. लि (७०९/०६४/६५), अल हायात म्यानेजमेन्ट प्रा. लि (३३६/०५०/६०) र मिता इन्टर्नेशनल तीनै कम्पनि मिलेर एकै ठाउँमा अन्तर्वार्ता गराइरहेका थिए । अन्तर्वार्ता स्थलमा साउदी दूतावासका कर्मचारीसमेतको संलग्नतामा पाइएको छ । विभाग टोलि पुग्दा अन्तर्वार्ता स्थलमा दुतावासका कन्सुलर भएको बताउंदै उनीहरुले पत्रकालाई समेत फोटो खिच्न रोक लगाएका थिए । अन्तर्वातास्थल परिसरमा साउदी दुतावासको गाडी रोकिराखेको थियो । 


विभाग टोलीले थप कागजात सहित विभाग हाजिर हुन संचालकलाई पत्र काटेपछि म्यानपावरले अब यो कामका लागि कामदार लैजाने कार्य नै नहुने बताएको छ । त्यसपछि प्रहरीको सहायतामा सयौंको संख्यामा रहेका कामदारलाई अन्तर्वार्तास्थलबाट हटाइएको थियो । विभाग टोलीले आवश्यक कागजात नियन्त्रणमा लिएर म्यानपावर संचालकलाई २४ घन्टे पुर्जी काटेको छ । 

यसअघि पनि सोहि प्रकृतिमा कामदारलाई २ वर्षको श्रम हुन्छ, भन्दै साउदी लगेर कामदारहरुलाई २ महिनामै नेपाल फर्काइएको पाइएको छ । साउदीको सोहि कम्पनीले यसअघि ३५ देखि ४० दिनको लागि नै कामदार लैजाने गरेको पाइको छ । कामदार उक्त कामको लागि १६ घण्टा काम गरेको ३० हजार तलब पाउने गरेको बताइएको छ । 


एजेन्टबाट नै जम्मा भए ११ सय कामदार 

सरकारले बैदेशिक रोजगारीको लागि एजेन्ट व्यवस्था खारेज गरेको छ तर म्यानपावर सञ्चालकले मेडिकल, बिमा लगायतका कुनै पनि प्रक्रिया बिनै ३ महिनाको लागि कामदार पठाउने भन्दै एजेन्टमार्फत नै कामदार राजधानी बोलाएको देखिएको छ । उनीहरुलाई एजेन्टहरुले आकर्षक तलबको आश्वासन दिएर प्रतिव्यक्ति ६० हजार रुपैयाँसम्म लागत लाग्ने बताएको कामदारहरुले जानकारी दिएका छन् । तर हाल तीन महिनाको श्रम स्वीकृति दिने व्यवस्था बैदेशिक रोजगार बिभागको नीतिमै छैन ।

म्यानपावर कम्पनीलाई आफ्नो पासपोर्ट बुझाएका कामदारलाई नै ढाँटेर साउदी लैजान लागेको थाहा पाएपछि युवाहरु अब के हुन्छ भन्दै अन्योलमा देखिन्थ्ये तर विभाग टोलीले सम्बन्धित म्यानपावर कम्पनी मार्फत आफ्नो पासपोर्ट फिर्ता लिन आग्रह गरेको छ । केहि युवाहरुको अनुसार एजेन्टहरुले ४ दिन अघिदेखिनै अन्तर्वार्तामा बोलाएर दु:ख दिएको, एजेन्टले आफूहरुलाई कामबारे जानकारी नै नदीई साउदी जान भन्दै बोलाएको बताएका छन् । एक युवाले भने 'हामीलाई साउदी जाने भए आउ भन्दै एजेन्टले बोलाएको हो, जम्मा ४५ दिनको लागि साउदी जाने भन्ने थाहा थिएन । हामी जादैनौं भन्दा पासपोर्ट पनि दिएको छैन ।' मंगलबार अन्तर्वार्ताको क्रममा बिबाद हुँदा एक युवाको पासपोर्ट समेत च्यातिदिएको एक कामदारले बताएका छन् । 'पासपोर्ट नै च्यात्ने अधिकार कसले दियो' ति युवाले आक्रोशित हुँदै भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी