२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले भन्यो : ‘कमल तामाङ्गलाई संघको अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्नु’

२० असार २०७६, शुक्रबार १३:०८

मनोज पराजुली । असार २०, काठमाडौं। नेपाली कांग्रेस पार्टी कार्यालयले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा कमल तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय हाललाई कार्यान्वयन नगर्न आदेश दिएको छ । कांग्रेस पार्टीको प्रतिनिधिको सल्लाह र परामर्शमा निर्णय गर्नेगरी भन्दै हालको निर्णय कार्यान्वयन नगर्न लिखित पत्र काटेको हो ।

घटनाक्रम के हो ?

कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले असार ५ गते संघको निर्वाचनमा कमल तामाङलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर कार्यसमितिका बहुमत सदश्यको नै असहमतिमा एक पक्षीय रुपमा निर्णय भएको भन्दै व्यवसायी विच नै मतभेद रहेको थियो। सोहि निर्णयलाई लिएर पार्टी ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन कमल तामाङ र हंशराज वाग्लेले भूमिका खेलेको भन्दै दुवै जनालाई कारवाही माग गरेका थिए । 

बैदेशिक रोजगार: फोरम भित्रको विवाद छताछुल्ल, निर्वाचन जित्ने आधारमै धक्का !

तामाङ्गलाइ अध्यक्ष बनाउने निर्णय अध्यक्ष बाहेकका सबै पदाधिकारी र पार्टीले तोकेको केन्द्रिय प्रतिनिधि समेतको अनुपस्थितिमा निर्णय भएको भन्ने जिल्ला कार्यसमितिले पठाएको पत्रको जवाफ दिंदै निर्णय कार्यान्वयन नगर्न केन्द्रले आदेश दिएको हो। बहुमत सदस्यलाई लत्याएर गरिएको निर्णय कार्यान्वयन नगर्न पार्टीबाट आदेश आउनु स्वागतयोग्य भएको फोरमका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठले प्रतिक्रिया दिए ।

बैदेशिक रोजगार : कमल तामाङलाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने फोरमको निर्णय

संघको निर्वाचन असार २७ गते गर्ने निर्णय भएको थियो तर सो निर्वाचन सार्ने चलखेल भएको भन्दै फोरमले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको थियो । सोहि निवेदनको जवाफ माग्दै प्रशासनले संघलाई ५ दिने अल्टिमेटम सहित जानकारी माग गरेको थियो । भाद्र १८ गते भित्र थप धरौटी राखिसक्नु पर्ने अवस्था भएकोले आगामी अशोज पहिलो हप्ता संघको निर्वाचन गर्ने तयारी गरिएको संघका अध्यक्ष रोहण गुरुङले बताए। ब्यबसायीहरुको दबाबका कारण संघको निर्वाचन सार्न जिल्ला प्रसासन कार्यलयमा अनुमतिको लागि असार १८ गते निवेदन दर्ता गरेको संघको अध्यक्ष रोहन गुरुङले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान