२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न ‘सीटिईभिटी’ कुर्दै बिभाग

२०७६, २ श्रावण बिहीबार ०९:३३

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख ८५ हजार ४४५ जना नेपाली बिना सिप बैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । त्यसो त अघिल्लो आर्थी बर्षमा स्थिति यस्तै रहेको थियो । बिना सिप बैदेशिक रोजगारीमा जाँदा धेरै नेपालीले भनेजस्तो काम नपाउने, कम तलबमा काम गर्न बाध्य हुनुपर्ने जस्ता समस्या छन्  । 

पछिल्लो आर्थिक बर्ष बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका नेपाली कामदारहरुको सिप अनुसारको तथ्यांक हेर्नुहोस्

सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने पछिल्लो नीति लिएको छ । जसलाई गत असार १५ गतेदेखिनै कार्यान्वयन गर्ने तयारी भएपनि बिबिध कारण रोकेर भदौदेखि उक्त काम सुरु गर्न सक्ने बुझिएको छ । उक्त व्यवस्था पछी सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती पाइनेछैन । गएको असार १५ बाट हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सीप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने भनिए पनि तयारी नपुगेको तथा म्यानपावरको धरौटी वृद्धि भएपछि यो काम सुरु हुने अधिकारीहरुले बताएका छन् । म्यानपावरको धरौटी आगामी भदौ १९ गतेदेखि बढ्दैछ । 

सिप सिकाएर विदेश पठाउने व्यवस्था ऐनमा नै भएकाले सकेसम्म छिटो यो व्यवस्था कार्यान्वयनमा जाने श्रम मन्त्रालयको दावी छ । सरकारले निर्माणसँग जोडिएका र जोखिमयुक्त मानिने कामका लागि पहिलो चरणमा सीप अनिवार्य गरेको छ । सीप सिकेर मात्रै विदेश जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने अधिकारीहरुको भनाइ छ ।

हाल सीप नसिकी विदेश जानाले धेरै कामदार विदेशमा पीडित बनेका छन् । लाखौं खर्च गरेर गएपछि तुरुन्तै फर्किनुपर्ने बाध्यता छ । विभागले सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत समेत गरिसकेको छ । बैदेशिक रोजगार बिभागका अनुसार थप संस्थाहरु सूचीकरणको लागि आउने क्रम जारी छ । 

सरकारले लिएको नीति अनुसार सिप अनिवार्य भएमा बैदेशिक रोजगारीमा जाने कामदारहरुले १ महिनासम्म (१ सय ६० कार्यघण्टा) सीपमूलक तालिम लिएर मात्र बैदेशिक रोजगारीको अन्तिम श्रम स्वीकृति लिन पाउनेछन् । बैदेशिक रोजगार बिभागका निर्देशक डा. भिष्म कुमार ज्ञावालीका अनुसार बैदेशिक रोजगार बिभागबाट बिभिन्न १२ विधामा सिप मुलक तालिमको लागि सम्पूर्ण तयारी पुरा भएको छ ।  डा. ज्ञावालीका अनुसार १ महिने सिप सिकेपछि सिपमूलक तालिमको परिक्षा लिने निकाय सीटिईभीटिको केहि तयारी नपुगेको कारण हाललाई अनिवार्यता रोकिएको छ । 'सीटिईभिटीको तयारी पुरा भएलगत्तै बैदेशिक रोजगारीमा जानेहरुको सिप प्रमाणपत्रको अनिवार्यता हुन्छ' डा. ज्ञावालीले साझा सबाल मिडियालाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा