२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महीनामा रु आठ खर्ब रेमिट्यान्स भित्रियो, विदेशी सञ्चिति घट्यो

२०७६, ३ श्रावण शुक्रबार १७:२९

साउन ३, काठमाडौँ | आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा रु सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई रु नौ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या सो अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । 

नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो । 

व्यापार घाटा रु १२ खर्ब नाघ्यो

आव २०७५/७६ को ११ महीनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर रु १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ । निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दुरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात घटेको छ । 

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले जनाएको छ । 

शोधनान्तर घाटा रु ९० अर्बमाथि

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म शोधनान्तरस्थिति रु ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति रु चार अर्ब ३४ करोडले घाटामा थियो । 

समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ रु १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ८१ करोड छ । अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १५ अर्ब ८८ करोड रहेको थियो । 

विदेशी सञ्चिति घट्यो

गत जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति रु १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ । विसं २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोड थियो । विसं २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ । 

कूल विदेशी सञ्चितिमध्ये केन्द्रीय बैंकमा विसं २०७५ असार मसान्तमा रु नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठ मसान्तमा रु आठ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त