२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाइदिने भन्दै दुई म्यानपावरका मार्केटिङ म्यानेजर कार्डधारीद्वारा ठगि

६ श्रावण २०७६, सोमबार ०९:०९

साउन ६, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा आफू ठगिमा परेको भन्दै एक पिडितले साझा सबाल मिडियाद्वारा संचालित 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत केहि प्रमाणहरु पठाए । लगत्तै मिडियाले सम्बन्धित म्यानपावरका संचालकसँग यसको स्पष्टिकरण लिएको छ । 

पिडित युवासंग भएको प्रमाण अनुसार दिपक तामाङले दुई पटक गरेर १४ महिना अघि २ लाख लिएका थिए । सिनामंगलमा रहेको सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रा.लि.को 'पेमेन्ट भौचर' अनुसार सोहि म्यानपावरको मार्केटिङ म्यानेजरको भिजिटिङ कार्डधारी दिपक तामाङले पिडित युवासंग २ लाख अशुली गरेको इंगित गर्छ ।


त्यसो त पैसा अशुली गर्ने दिपकले सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रालि म्यानपावरको मात्र नभई रिंकु ओभरसिज प्रा.लि. नाम गरेको म्यानपावरको समेत मार्केटिङ म्यानेजर उल्लेखित भिजिटिङ कार्ड बोकेको फेला परेको छ । सन्नाको भिजिटिङ कार्डमा उनको नाम दिपक तामाङ उल्लेख भएको छ भने रिंकु ओभरसिज प्रा.लि.को कार्डमा उनको नाम दिपक लामा उल्लेख छ । रिंकु ओभरसिज प्रा.लिको सम्पूर्ण कामकाज हाल बैदेशिक रोजगार बिभागले रोक्का राखेको छ ।


दिपकले पिडितसंग सिनामंगलमा रहेको सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रा.लि.को 'पेमेन्ट भौचर'मार्फत २ लाख लिएको देखिएपछि साझा सबाल मिडियाले सन्ना इन्टरनेशनलका संचालक महमद मुस्तक मियासंग स्पष्टिकरण लिएको छ । यस बिषयमा मियाले आफ्नो म्यानपावर कम्पनीले नभई आफ्नो कागजातको दुरुपयोग गरेर दिपक तामाङ भन्ने व्यक्तिले पोल्याण्ड पठाउने धन्दा चलाएको स्पष्टिकरण दिएका छन् । उनले भने 'मेरो म्यानपावरको भौचर प्रयोग गरेर पोल्याण्ड पठाउछु भन्दै अशुली भएको रहेछ, मेरो म्यानपावरमा पोल्याण्डको डिमाण्ड आएकै छैन । मैले दिपकको बारेमा २०७५ फागुन ९ गतेको राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना जारी गरिसकेको छु । मेरो म्यानपावरको यसमा दोष छैन ।' 

सन्नाका संचालकले मियाले थप स्पष्टिकरण स्वरूप २०७५ फागुन ९ गतेको राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना जारी भएको प्रति, दिपकको तश्वीर र टेकु प्रहरी परिसरमा भएको सम्झौता पत्र पठाएका छन् । त्यतिबेला राष्ट्रिय दैनिक पत्रिका मध्यान्हमा प्रकाशित सूचना मा लेखिएको छ – 'उदयपुर सिद्धिपुरका विष्णु कुमार मगर र ओखलढुंगाका दिपक तामाङले यस प्रालिको संचालक हुँ भन्दै पोल्याण्डमा बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै रकम र पासपोर्ट संकलन गरेको भन्ने सुन्नमा आएकाले यस प्रालिको ध्यानाकर्षण भएको छ ।'


सूचना अनुसार सन्नाले आफ्नो म्यानपावरमा पोल्याण्डको कुनै डिमाण्ड नआएको दावी गरेको छ । पछी अन्य पिडितले टेकु प्रहरीमा उजुरी गरेपछि सन्ना इन्टरनेसनल समेत तानिएको र उक्त समयमा सन्नाका संचालक महमद मुस्तक मियासंग विष्णु कुमार मगर र दिपक तामाङले सन्ना मार्फत पोल्याण्ड पठाउने नाममा भएका कारोवारको सम्पूर्ण जिम्मेवारी लिएको भन्दै लिखित सम्झौता पत्र बनाएको देखिन्छ । तर त्यस्तो सम्झौता बनाएपनि हालसम्म पिडितहरुलाई बिभिन्न बहानामा झुलाउने गरेको पिडितहरुले साझा सबाललाई बताएका छन् । 

सन्ना म्यानपावरका संचालकका अनुसार दिपक तामाङ बिरुद्ध उनले हनुमान ढोकामा समेत उजुरी दिएका थिए । ठगि कार्यमा संलग्न दिपक तामाङले आफ्नो कार्यालयमा जागिर समेत नखाएको अवस्थामा 'मार्केटिङ म्यानेजर' को फर्जी भिजिटिङ कार्ड बनाएर बैदेशिक रोजगारीमा जान चाहने युवाहरुसंग अशुली गरेको उनले बाताए । आफ्नो म्यानपावरले दिपकलाई कुनै जिम्मेवारी नदिएको भन्दै संचालक मियाले आफ्नो म्यानपावरको फर्जी भिजिटिङ कार्ड र फर्जी भौचर बनाएर अशुली गरेको थाहा पाएपछी आफैले प्रहरीमा उजुरी दिएको स्पष्टीकरण दिएका छन् । 

यस बिषयमा साझा सबाल मिडियाले अशुलीमा संलग्न दिपक तामाङसंग पटक-पटक फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएका छैनन् । 


माथिको तश्वीरमा: अशुली तथा फर्जी कागजात बनाई बैदेशिक रोजगार ठगिमा संलग्न दिपक तामाङ (दिपक लामा) । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य