२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीलाई मर्जमा जान बाटो खुला, सैद्धान्तिक स्वीकृति दिन विभागलाई निर्देशन

२०७६, ६ श्रावण सोमबार १२:४८

साउन ६, काठमाडौं । म्यानपावर कम्पनीलाई मर्जमा  जाने बाटो खुला भएको छ । 'बैदेशिक रोजगार ऐन २०६४' को संसोधन अनुरुप नियमावली आउन समय लागेको भन्दै ऐनको दफा ११ को प्रक्रिया र सर्त अनुरुप सैद्धान्तिक सहमति दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले निर्णय गरेका हुन् । 

मर्जमा जाने कम्पनीलाई सैद्दान्तिक स्वीकृति दिने निर्णय भएसंगै म्यानपावर कम्पनीहरु मजर्मा जाने बाटो खुलेको हो। एका घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्‍चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गरिसक्नुपर्ने व्यवस्था छ। 

इजाजत पत्र प्राप्त संस्थाहरु एक आपसमा गाभिने गरि भएको सम्झौता र अघि बढेको प्रमाण सहित विभागमा सैद्धान्तिक सहमतिको लागि निवेदन लिन आएमा उपलब्ध गराउन श्रम मन्त्रालयले बैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।   

श्रम मन्त्रालय र नेपाल बैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि विच यस अगाडी पटक पटक भएको छलफल पछि मर्जरमा जाने म्यानपावर कम्पनीलाई दिने सुविधा सम्बन्धि सहमति भएको थियो। जस अनुरुप मर्जरमा जाने कम्पनीको डिमाण्डका साथै सो कम्पनीले पठाएका कामदारको जिम्मा लिने, कायम रहेको बैंक ग्यारेन्टी पनि गाभिएर जाने कम्पनीले सुविधा पाउने लगायत विषयमा सहमति जुटेको थियो।    

सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गरि म्यानपावर कम्पनीको धरौटी रकम बढाएको थियो ।  वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र तीन करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको छ । सो अनुरुप म्यानपावर कम्पनीले भदौ १८ गतेसम्म बढेको रकम जम्मा गरिसक्नुपर्नेछ। धरौटी रकम बढेका कारण कतिपय म्यानपावर कम्पनीहरु मर्जमा जान लागेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस