२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उजुरी नम्बर ३३७३: मोबाइल फुटाउँदै युएई मै बालुवामा गाडीदिन्छु भनेपछि ….

२०७६, ९ श्रावण बिहीबार १२:०३

नाम : सन्दिप ढुंगाना 

ठेगाना : थुम्की २, कास्की 

केहि कमाउने आश : यात्रा बैदेशिक रोजगारीको तर…..

मनोज पराजुली, साउन ९, काठमाडौं । केहि कमाउने आशामा बैदेशिक रोजगारीको बाटो रोजेका सन्दिप ढुंगाना विगतका ती दिन सम्झदैं भन्छन् ‘तोकिएको काम नदिने तर नखाएको ड्रक्स खाएको छ, काम गर्दैन भन्दै घरमा उजुरी गर्ने कस्तो म्यानपावर ? खाना खाने पैसा थिएन् ड्रक्स कहाँबाट ल्याएर खानु।’

…………………………………..   

आर्थिक अवस्था कमजोर भएपछि कसैको लागि बाध्यता बनिदिन्छ, बैदेशिक रोजगारी, सन्दिपको पनि यस्तै थियो बाध्यता।

विदेश जाने चक्करमा पोखरामा रहेको आयुष इन्टर्नेशनल ओभरसिज सर्भिसको शाखा कार्यालय पुगे। जहाँबाट दुवइमा क्लिनरको काम आएको जानकारी पाए। आर्थिक अवस्था कमजोर भएका कारण बैदेशिक रोजगारीमा जाने निधो गरेका उनी  म्यानपावरले भनेको काममा जान तयार रहे। एएरर्पोर्ट भित्र काम गर्नुपर्ने, मासिक १२ दिराम सय बेसिक तलब भनेपछि जान तयार भएका उनलाई दैनिक ९ घण्टा काम र महिनामा ४ दिन बिदा हुने भनिएको थियो। सोहि अनुरुप उनले आवेदन दिए र श्रम स्वीकृति निस्किएपछि भएपछि म्यानपावरले मागेजति १ लाख १० हजार (बिल नदिएको) तिरेर २०७५ पुषको तेश्रो साता दुवई उंडे ।

सन्दिप ढुंगानाको श्रम स्वीकृति विवरण 


दुवई पुगेपछि ..

म्यानपावर कम्पनीले आफ्नै कम्पनी दुवईमा रहेको र सोहि कम्पनीमा काम गर्ने बताएपनि दुवई पुगेको पहिलो दिन नै खाली भुँईमा सुत्नुपरेको तीतो यथार्थ उनले साझा सवाललाई सुनाए। पुष २ देखि फागुन २ सम्म तोकिएको काम गर्न दिइएन उनले भने “खान बस्न सहित १२ सय तलब भनेको थियो, तर दुवईमा त्यस्तो अवस्था थिएन, खानको लागि आँफै व्यवस्था गर्नुपर्ने थियो।’’ आर्थिक समस्या भएका कारण म्यानपावर संचालकका भाइले ८० दिराम दिएको र सोहि रकमबाट आवश्यक समान जोहो गरेको उनले बताएका छन् । क्लिनरको काम भनेपनि सप्लाई कम्पनीमा कहिले मासु प्याकिंङ्ग त कहिले अर्कै काम गर्न बाध्य पारेको उनले गुनासो गरे। तोकिएको सेवा सुविधा, काम साथै २ महिनाको तलब नपाएपछि आँफै खर्चमा टिकट काटेर गत चैत्र २ गते उनी नेपाल फर्किए।    

ढुंगानासंग सम्झौता गरिएको करारपत्र


भिडियो बनाएको आरोप लगाएर मोबाइल फुटाईदिए ..

म्यानपावर कम्पनीले भने अनुसार काम र तलब नदिएको बारे बोल्दा म्यानपावर संचालक अमृत सुनुवारको भाइको कुटाइ खानुपरेको उनले बताए। तिमीले अनावश्यक कुरा गर्दै हल्ला गरेका छौं, भिडियो बनायौ भन्दै हातको मोबाइल थुतेर फूटाइदिए उनले ति दिनको स्मरण गर्दै भने।’ तोकिएको काममा लगाइदिन आग्रह गर्दा, गर्ने भए यहि काम गर, नत्र बढी कुरा गर्छौं भने यहीं वालुवामा गाडीदिन्छु भन्दै म्यानपावर संचालकका भाइले धम्कि दिएको उनले बताए । म्यानपावर संचालक अमृत विश्वकर्माले कामदारको मोबाइल फुटेका कारण सट्टामा अर्को मोबाइल दिएको स्वीकार गरेका छन्। 

२ गल्ति : विभागमा केश हाल्यौ, पत्रकारलाई भन्यौ

म्यानपावर संचालकले पटक पटक मानसिक टर्चर दिएको पीडितले बताएका छन्। म्यानपावर संचालक विश्वकर्माले कामदारलाई २ गल्ति गरेको आरोप लगाएको ढुंगानाले बताएका छन्। 

एक: विभागमा केश हाल्यौ ।

दुई: पत्रकारलाई भन्यौ । 

नेपाल फर्किएपछि पनि म्यानपावर संचालकले पीडित कामदारलाई उचित क्षतिपुर्ति दिनुको सट्टा बैदेशिक रोजगार विभागमा निवेदन दिएको भन्दै पटक पटक निवेदन फिर्ता लिन आग्रह गरेको उनले बताएका छन् ।

म्यानपावर संचालक भन्छन् : पीडितले भनेजस्तो होइन 

म्यानपावर संचालक अमृत विश्वकर्माले पीडित कामदारले भनेजस्तो आरोप सत्य नभएको दावी गरेका छन् । साझा सवालले पीडितलाई तोकिएको काम र सेवा सुविधा नदिएको बारे प्रश्न गर्दा उनले कामदारले नै काम नगरेको बताएका छन् । उनले कम्पनीको नियम भन्दा बाहिर गएर ड्रक्स सेवन गरेको बताए । रोजगारदाता कम्पनीले स्फष्टिकरण लिएको साथै कामबाट हटाइएको बारे पटक पटक आधिकारिक पत्र माग गर्दा म्यानपावर संचालकले उपलब्ध गराउने आश्वाशन दिए पनि हालसम्म उपलब्ध गराएका छैनन् । साझा सबालले पटक पटक म्यानपावर कम्पनीको ध्यानाकर्षण गरेपछि पीडित कामदारलाई म्यानपावरको पोखरा शाखा कार्यालयबाट साउन २० गतेको मितिमा साट्न मिल्ने गरि ४० हजारको चेक दिइएको उनले बताए। 

विभागबाट सुनुवाई किन हुँदैन?  

बैदेशिक रोजगार विभागमा २०१९ मार्च १२ गते पीडितको निवेदन दर्ता भएको छ। उनको १ लाख ३५ हजार क्षतिपुर्ती दावी अनुरुप २ लाख २५ सय पाउनुपर्ने गरि विभागले निवेदन दर्ता गरेको छ ।

पीडितको निवेदन 


निवेदन दर्ता भएपछि कारवाहीको जानकारी दिने आश्वाशन पाएपनि विभागले उनलाई हालसम्म कुनै जानकारी दिइएको छैन। उनले पटक पटक विभागमा टेलिफोन मार्फत सम्पर्क गर्दा कुनै जानकारी नपाएको पीडितले बताएका छन्। साझा सबालले पीडितको गुनासो किन ३ महिनासम्म सुनुवाई भएन भनेर जानकारी माग गर्दा विभागका निदेशक हरि ज्ञावलीले के रहेछ बुझेर आवश्यक जानकारी गराउने बताए। विभागमा धेरै उजुरी आउने भएका कारण उनको गुनासो सुनुवाई हुन नसकेको होला उनले भने ‘पीडितलाई स्वयम् विभाग पठाईदिनुस।’    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस