२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार एप: विदेश जानेहरुको समस्या यसरी हुन्छ समाधान, दैनिक ५० वटासम्म गुनाशा !

२०७६, १० श्रावण शुक्रबार ०२:००

साउन १०, काठमाडौँ | पछिल्लो समय 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत बैदेशिक रोजगार सम्बन्धि गुनाशो गर्नेहरुको शंख्या ह्वात्तै बढेको छ । साझा सबाल मिडियाले संचालन गरेको 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत बिभिन्न म्यानपावर तथा एजेन्ट विरुद्ध समस्या तथा गुनाशो गर्नेहरुको दैनिक शंख्या बढ्दै गएको हो ।


१५ महिना अघिदेखि संचालनमा आएको 'बैदेशिक रोजगार' मोवाइल एपको प्रयोगकर्ता १ लाख ६० हजार पुगीसक्दा यसको प्रयोगसंगै प्रभावकारिता पनि बढ्दै गएको छ । एपमा बैदेशिक रोजगार क्षेत्रका सम्पूर्ण जानकारी पाइने भएपछि मासिक १० देखि १५ हजार प्रयोगकर्ता यो एपमा थपिदै गएका छन् । यो एपमा एजेन्टदेखि म्यानपावर कम्पनीले ठगि गरेकोदेखि सरकारी निकायहरुले आफ्नो समस्या सुनुवाई नगर्ने भन्दै गुनाशाहरु आउने गरेका छन् ।

एप मार्फत 'मलेसिया कहिले खुल्छ ?' भन्ने प्रश्न र 'म्यानपावर कम्पनीले चर्को रकम अशुली गरेको' बिषयमा हजारौं गुनाशा आएका छन् । त्यस्तै पछिल्लो समय सरकारले एजेन्ट खारेज गरेपछि एजेन्टहरुको सक्रियताको सूचना पनि जनस्तरबाटै आउने गरेका छन् ।

बैदेशिक रोजगारीका क्रममा विदेश जानु अघि एजेन्ट तथा म्यानपावरले आकर्षक तलब र कम्पनी भन्दै झुक्याएको तर विदेश आएपछि त्यस्तो नभएको भन्ने गुनाशाहरु पनि कयौं छन् । व्यक्तिगत प्रक्रियाले बैदेशिक रोजगारीमा जान लाग्दा ठगिएको प्रकृतिका गुनाशाहरुको पनि चाङ छ । पछिल्लो १५ महिनामा ७,३८५ गुनाशाहरु आएकोमा गम्भीर प्रकृतिका गुनाशाहरुमा साझा सबाल मिडियाले सक्रिय रुपमा ध्यान दिएर त्यसको समाधान गर्दै आएको छ । आफूले समाधान गर्न नसक्ने बिषयहरु सम्बन्धित सरकारी निकायसम्म पुर्याउने गरिएको छ । मिडियाले कयौं गुनाशाहरुको समाधानको लागि समस्यामा परेकाहरुलाई कानुनी परामर्श, बिभागमा उजुरीको लागि तरिका सिकाउने र व्यक्तिगत ठगिका बिषयमा कानुनी प्रक्रियाबारे सुझाव दिने गरेको छ । 


त्यस्तै गुनाशाका आधारमा साझा सबाल मिडियाले सयौं समाचारहरु पनि सार्वजनिक गरेको छ । मिडियाले कतिपय गुनाशाहरुलाई सिधै म्यानपावर समक्ष राखेर त्यसको समाधानको जिम्मेवारी म्यानपावरलाईनै दिने गरेको छ भने बैदेशिक रोजगारीको नाममा व्यक्तिगत रुपमा ठगि गर्नेहरुलाई सिधा सम्पर्क गरेर पिडितहरुको पैसा फिर्ताको लागि ताकेता गर्ने लगायतका काम पनि गर्दै आएको छ । मिडियाले गम्भीर प्रकृतिका ठगिका बिषयमा सम्बन्धित सरकारी निकायसंगको सहयोगमा दर्जन भन्दा बढी स्टिङ अप्रेशन तथा संकास्पद म्यानपावरमा छापा मार्ने लागायतका कामहरुमा सरकारी निकायहरुलाई सहयोग गर्दै आएको छ । 

यो एप यो लिंकमा क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस