२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार एप: विदेश जानेहरुको समस्या यसरी हुन्छ समाधान, दैनिक ५० वटासम्म गुनाशा !

१० श्रावण २०७६, शुक्रबार ०२:००

साउन १०, काठमाडौँ | पछिल्लो समय 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत बैदेशिक रोजगार सम्बन्धि गुनाशो गर्नेहरुको शंख्या ह्वात्तै बढेको छ । साझा सबाल मिडियाले संचालन गरेको 'बैदेशिक रोजगार' मोबाइल एप मार्फत बिभिन्न म्यानपावर तथा एजेन्ट विरुद्ध समस्या तथा गुनाशो गर्नेहरुको दैनिक शंख्या बढ्दै गएको हो ।


१५ महिना अघिदेखि संचालनमा आएको 'बैदेशिक रोजगार' मोवाइल एपको प्रयोगकर्ता १ लाख ६० हजार पुगीसक्दा यसको प्रयोगसंगै प्रभावकारिता पनि बढ्दै गएको छ । एपमा बैदेशिक रोजगार क्षेत्रका सम्पूर्ण जानकारी पाइने भएपछि मासिक १० देखि १५ हजार प्रयोगकर्ता यो एपमा थपिदै गएका छन् । यो एपमा एजेन्टदेखि म्यानपावर कम्पनीले ठगि गरेकोदेखि सरकारी निकायहरुले आफ्नो समस्या सुनुवाई नगर्ने भन्दै गुनाशाहरु आउने गरेका छन् ।

एप मार्फत 'मलेसिया कहिले खुल्छ ?' भन्ने प्रश्न र 'म्यानपावर कम्पनीले चर्को रकम अशुली गरेको' बिषयमा हजारौं गुनाशा आएका छन् । त्यस्तै पछिल्लो समय सरकारले एजेन्ट खारेज गरेपछि एजेन्टहरुको सक्रियताको सूचना पनि जनस्तरबाटै आउने गरेका छन् ।

बैदेशिक रोजगारीका क्रममा विदेश जानु अघि एजेन्ट तथा म्यानपावरले आकर्षक तलब र कम्पनी भन्दै झुक्याएको तर विदेश आएपछि त्यस्तो नभएको भन्ने गुनाशाहरु पनि कयौं छन् । व्यक्तिगत प्रक्रियाले बैदेशिक रोजगारीमा जान लाग्दा ठगिएको प्रकृतिका गुनाशाहरुको पनि चाङ छ । पछिल्लो १५ महिनामा ७,३८५ गुनाशाहरु आएकोमा गम्भीर प्रकृतिका गुनाशाहरुमा साझा सबाल मिडियाले सक्रिय रुपमा ध्यान दिएर त्यसको समाधान गर्दै आएको छ । आफूले समाधान गर्न नसक्ने बिषयहरु सम्बन्धित सरकारी निकायसम्म पुर्याउने गरिएको छ । मिडियाले कयौं गुनाशाहरुको समाधानको लागि समस्यामा परेकाहरुलाई कानुनी परामर्श, बिभागमा उजुरीको लागि तरिका सिकाउने र व्यक्तिगत ठगिका बिषयमा कानुनी प्रक्रियाबारे सुझाव दिने गरेको छ । 


त्यस्तै गुनाशाका आधारमा साझा सबाल मिडियाले सयौं समाचारहरु पनि सार्वजनिक गरेको छ । मिडियाले कतिपय गुनाशाहरुलाई सिधै म्यानपावर समक्ष राखेर त्यसको समाधानको जिम्मेवारी म्यानपावरलाईनै दिने गरेको छ भने बैदेशिक रोजगारीको नाममा व्यक्तिगत रुपमा ठगि गर्नेहरुलाई सिधा सम्पर्क गरेर पिडितहरुको पैसा फिर्ताको लागि ताकेता गर्ने लगायतका काम पनि गर्दै आएको छ । मिडियाले गम्भीर प्रकृतिका ठगिका बिषयमा सम्बन्धित सरकारी निकायसंगको सहयोगमा दर्जन भन्दा बढी स्टिङ अप्रेशन तथा संकास्पद म्यानपावरमा छापा मार्ने लागायतका कामहरुमा सरकारी निकायहरुलाई सहयोग गर्दै आएको छ । 

यो एप यो लिंकमा क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?