२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असारमा मात्रै ९५ म्यानपावर बिरुद्ध १४२ वटा उजुरी, कुन-कुन म्यानपावर मुछिए ? (सूचीसहित)

१० श्रावण २०७६, शुक्रबार ०६:५८

अनिल अधिकारी । साउन १०, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५ वटा म्यानपावरहरुको नाम मुछिएका छन् । 

असार महिनामा मात्र सबैभन्दा बढी ९ वटा उजुरी एट्लास ओभरसिज इम्प्लोएमेन्टलाई परेको छ । जेठ महिनामा सबैभन्दा बढी ३१ वटा उजुरी बौद्धमा रहेको पर्पल एच.आर. सर्भिस प्रा.लि. लाई परेको थियो । यस्तै असार महिनामा मात्र ६ वटा उजुरी डुलस्को ह्युमन रिसोर्स म्यानपावर विरुद्ध परेको छ भने ६ वटै उजुरी सक्सेस डेभलपमेन्ट प्रा.लि. बिरुद्ध परेको छ । 

बैदेशिक रोजगार बिभागका अनुसार असार महिनामा मात्र उजुरीमा मुछिएका म्यानपावरको शंख्या ९५ पुगेको छ । जेठ महिनामा यो शंख्या ५८ मात्र रहेको थियो । 

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र १२६३ उजुरी परेको छ  भने व्यक्तिगत तर्फ बर्षभरीमा ७७६ उजुरी परेका छन् ।

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल रु. २९ करोड ६३ लाख २० हजार ४३४ मागदावी गरिएको छ भने व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपयाँ मागदावी भएको छ  । 


यसरी हेर्दा संस्थागत भन्दा बढी व्यक्तिगत ठगिको रकम बढी रहेको बुझ्न सकिन्छ । माथिका दुई पाईचार्ट अनुसार म्यानपावर कम्पनीमा बढी उजुरी भएपनि व्यक्तिगत रुपमा ठुलो रकम ठगि भईरहेको देखिन्छ । त्यसो त संस्थागत दावीको रकम पिडितले फिर्ता पाउने सम्भावाना रहे पनि व्यक्तिगत ठगिमा दावी वापतको पैसा पाउन निकै मुस्किल हुनेगरेको छ । बैदेशिक रोजगारीको लागि युरोप, अमेरिका, जापान, अष्ट्रेलिया कामदार भिषामा लगाईदिने भन्दै व्यक्तिगत रुपमा ठगि हुने गरेका छन् ।  

असारमा मात्र म्यानपावर मार्फत ४ करोड ९४ लाख भन्दा बढीको ठगि भएको भन्दै मागदावी गरिएको छ । अघिल्लो ११ महिनाको मासिक तुलनामा असारमा मात्र मागवादी भएको रकम दोब्बरले बढेको छ । त्यस्तै व्यक्तिगत तर्फ असारमा ५५ उजुरी परेका छन् । व्यक्तिगततर्फ असारमा ५५ उजुरी पर्दा ठगि भएको रकम भने ४ करोड ३८ लाख ८८ हजार ५० रहेको छ । 

असार महिनामा उजुरी परेका ९५ म्यानपावरको सूची र उजुरी विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस 
>> http://sajhajobs.com/news/229 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?