२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिर्देशक ज्यू, मलेसिया जाने कामदरको अन्तर्वार्ता शुरु गर्छौं अबरोध नगर्नुस्

२०७६, १४ श्रावण मंगलवार १२:२६

साउन १४, काठमाडौं। मलेसिया रोजगारी नखुलेको भन्दै म्यानपावर व्यवसायीहरुले बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा विभाग कार्यालय पुगेका व्यवसायीले तत्काल मलेसिया रोजगारी खुलाउन आग्रह गरेका हुन् । 


मलेसिया रोजगारी लामो समयसम्म बन्द हुँदा व्यवसाय गर्न पाउने अधिकार हनन भएको तथा कामदारको रोजगारीमा जान पाउने अवसर गुमेको भन्दै विभागका महानिर्देशक भुसालको ध्यानाकर्षण गरेका छन्। तत्काल मलेसियाको श्रम स्वीकृति खुल्ला नगरे व्यवसायी चुप लागेर नबस्ने भन्दै उनीहरुले लाइसेन्स बुझाउने सम्म चेतावनी समेत दिएका छन् ।

व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले महानिर्देशक भुसाललाई भने ‘श्रम कार्यालय तहाचालबाट मलेसियाको लागि पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता शुरु गर्छौं, त्यसमा अबरोध गर्ने प्रयास नगर्नु।’ उनले मलेसियाको लागि यस अघि पुर्व स्वीकृति लिएका सबै फाइल अनुसार नै अन्तिम श्रम स्वीकृति दिलाउने व्यवस्था गर्न महानिर्देशक भुसाललाई आग्रह गरे।  


सरकारले गत कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयु)मा नेपाली कामदारहरुको सम्पूर्ण लागत शुल्क रोजगारदाता कम्पनीले बेहोनुपर्ने उल्लेख भइसकेकाले अब मलेसिया बन्द गरिराख्नुको औचित्य नरहेको अध्यक्ष गुरुङको भनाइ छ। 

प्रगतिशील मंचका अध्यक्ष चित्रगुप्त साँवा लिम्बुले १५ महिनासम्म केका लागि मलेसिया रोजगारी बन्द गरेको हो ? जवाफ दिन महानिर्देशकको ध्यानाकर्षण गरे। व्यवसायीको व्यापार गर्ने र कामदारले रोजगारीको अवसर लिन पाउने अधिकार कुण्ठित गर्ने अधिकार एक व्यक्तिलाई कसले दियो भन्दै आक्रोश पोखेका थिए। 

सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गरेको तर सम्झौताका विषयहरु सार्वजनिक नगर्नुले आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गरिएको छ संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले भने ‘सरकारले एमओयुमा समावेश भएका विषय पनि सार्वजनिक नगर्नु शंकास्पद छ।’ 


संघका पुर्व उपध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले मलेसिया खुल्ने आशामा व्यवसायीले १५ महिनासम्म कुरेर बसेको भन्दै अब कहिलेसम्म कुर्नुपर्ने हो? जवाफ दिन महानिर्देशकको ध्यानाकर्षण गरे। 

संघका उपध्यक्ष भुवन गुरुङले सरकारी कर्मचारी भिएलएन मार्फत नै मलेसिया जान हुने तर कामदार जान नपाउने कस्तो नियम हो भन्दै आक्रोश पोखेका थिए। बैदेशिक रोजगार आवश्यक नभए नीतिगत रुपमा नै बन्द गर्न सरकारलाई उनले चुनौती दिए। आम व्यवसायी मध्ये ८५ प्रतिशत व्यवसायी मलेसियामा केन्द्रित रहेको उल्लेख गर्दै रोजगारी नखुल्ने भए धरौटी के का लागि राख्ने भन्दै प्रश्न गरेका थिए।


व्यवसायीहरुले मलेसिया रोजगारी कहिले खुल्छ, अहिले नै स्पष्ट जवाफ दिनुपर्ने भन्दै संघका अध्यक्ष गुरुङले महानिर्देशक भुसालसँग प्रश्न राखेका थिए। जवाफमा भुसालले मलेसिया रोजगारी कहिलेबाट खुल्छ भनेर अहिलेनै मिति तोक्न नसक्ने जानकारी दिए। मलेसिया खुलाउने बारे श्रम मन्त्रालयले छलफल गरिरहेको भन्दै उनले त्यस विषयमा व्यवसायीका मागबारे मन्त्रालयको ध्यानाकर्षण गराउने आश्वासन दिए। 

नेपाली कामदार २०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्विकृति लिएर मलेसिया रोजगारीमा जान पाएका छैनन्। दुइ देश विच गत कार्त्तिक १२ गते श्रम समझदारी भएपनि अझै मलेसियाको रोजगारी कहिले खुल्ने निश्चित भएको छैन।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस