२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा अपरेसन २: म्यानपावरको नाममा रहेको अबैध एजेन्ट सम्पर्क कार्यालयमा सिलबन्दी

२०७६, १५ श्रावण बुधबार १५:५४

मनोज पराजुली/कमल सुवेदी | साउन १५, पोखरा । अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको एजेन्ट सम्पर्क कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । पोखराको नागढुंगामा पाल्ही ओभरसिज (लाइसेन्स नम्बर ५९४/०६२/६३० को नाममा अबैध तरिकाले चलाइएको कार्यालयमा सामान जफत गरेर श्रम कार्यालयले सिलबन्दी गरेको हो।

म्यानपावरको नाममा अबैध तरिकाले संचालन भैरहेको सूचना 'बैदेशिक रोजगार' एप मार्फत प्राप्त भएको थियो । सो लगत्तै एप टिमले बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालको ध्यानाकर्षण गरेको थियो ।  सो पश्च्यात बैदेशिक रोजगार विभागबाट संचालन अनुमति नलिई शाखा संचालन भएको भन्दै तत्काल बन्द गर्न विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई निर्देशन दिएका थिए । 

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

महानिर्देशकले पोखरा कार्यालयलाई निर्देशन दिएको २ घन्टामा नै श्रम कार्यालय र जिल्ला प्रशासन कार्यालयको कर्मचारी सहित मिडियाको टोलिले उक्त शाखा कार्यालयको निरिक्षण गरेको हो । निरिक्षणको क्रममा म्यानपावर कार्यालय अबैध रुपमा नै चलेको पुष्टिभएसंगै कार्यालयमा रहेका ल्यापटप, सिसि क्यामरको हार्ड डिस्क, पासपोर्टका फोटोकपी लगायत अन्य डकुमेन्ट आवश्यक अनुसन्धानका लागि जफत गरिएको छ । अनुगमन टोलि पुग्दा कार्यालयमा ५ जना कर्मचारी भेटिएका थिए । उनीहरुसंग थप जानकारी माग गर्दा नाम समेत दिन मानेका थिएनन् । नारायण प्रसाद पोखरेलले अबैध रुपमा शाखा कार्यालय चलाएको श्रम कार्यालयका सुचना अधिकारि छन्द नारायण श्रेष्ठले बताए । पोखरेलले यस अघि विभागबाट संचालन अनुमति लिए पनि सरकारले एजेन्ट व्यवस्था खारेज गरेसंगै उनको कार्यालय खारेजीमा परेको थियो । सरकारको निर्णयसंगै सो कार्यालय खारेज गरिएको म्यानपावर संचालक पुष्पराज पैकराले जानकारी दिए ।  पोखरेललाई बैधानिक रुपमा सम्पर्क कार्यालय हटाउन यस अघि नै सचेत गराइएको र हटाईएको बारे म्यानपावर कम्पनीले लिखित कागत गरेकोले विभागमा राखिएको २ लाख धरौटी रकम लिने प्रक्रियामा रहेको पैकराले बताए ।  

साझा सबाल प्रभाव : प्याराडाइज इन्टर्नेशनलको नाममा रहेको अबैध एजेन्ट प्रतिनिधि कार्यालय बन्द

यस अघि गत सोमबार आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा। लिको ९६८८र०६३र६४० नाममा पोखराको सभागृह र  सृजनाचोक विचमा कार्यालय नै राखेर चलाइएको शाखामा पनि श्रम कार्यालयले शिलबन्दी गरेको थियो ।  त्यस्तै अबैध रुपमा नै संचालन भइरहेको प्याराडाइज इन्टर्नेशनलको शाखा साझा सवालले समाचार प्रकाशन गरेपछि बन्द भएको थियो । यो संगै अन्य केहि म्यानपावर कम्पनीका पनि शाखा कार्यालय चलिरहेको गुनासो आउने गरेको भन्दै त्यस्ता अबैध शाखा भेटिएमा सबै बन्द गरिने श्रम कार्यालयका प्रमुख गणेश श्रेष्ठले बताए।

आयुष इन्टर्नेशनल ओभरसिजको पोखरा शाखा कार्यालयमा श्रम कार्यलायद्वारा सिलबन्दी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु