२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०४ म्यानपावर कम्पनी कारवाहीमा परे, कुन-कुन परे ? (सूचीसहित)

१६ श्रावण २०७६, बिहीबार १७:०४

साउन १६, काठमाडौं | वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई पिडित बनाएको र वैदेशिक रोजगार ऐन अन्तर्गत आवश्यक कागजात पेश गर्न नसकेको कारण म्यानपावर कम्पनीहरुको कामकारवाही रोक्का भएको हो ।

यसरी कारवाहीमा परेर कामकारवाही रोक्का भएका म्यानपावरहरुले रोक्का फुकुवा नगरेसम्म कुनै पनि युवालाई वैदेशिक रोजगारीमा पठाउन पाउदैन । विभागले विदेश जानेहरुलाई पिडित बनाउने मात्र नभई म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीहरुलाई समेत कारवाही गर्दै रोक्का गरेको छ । गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर समेत विभागले म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको हो । बैदेशिक रोजगारीमा पीडितले विभागमा उजुरी दिएको आधारमा बिभागले म्यानपावरको कारवाही रोक्का गरेर समस्या समाधानको लागि बिभाग बोलाउने गरेको छ । म्यानपावरले पिडितको समस्या समाधान नगरे त्यस्ता म्यानपावरलाई निष्क्रिय सूचीमा राख्ने गरेको छ । 

बैदेशिक रोजगार विभागमा म्यानपावरका विरुद्ध चर्को अशुली, ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम लगाउने गरेको, नक्कली डिमाण्ड बनाएर झुक्याउने गरेको, म्यानपावरले एजेन्टमार्फत ठगि गरेको, सामस्यामा परेका कामदारको उद्धार गर्न चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दिने गरेका छन् । 

गत असार महिनामा मात्रै १४२ उजुरी परेका थिए । असारमा परेका उजुरीमा ९५ वटा म्यानपावरहरुको नाम मुछिएका थिए । बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र १२६३ उजुरी परेको थियो  भने व्यक्तिगत तर्फ बर्षभरीमा ७७६ उजुरी परेका थिए ।


बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल रु. २९ करोड ६३ लाख २० हजार ४३४ मागदावी गरिएको थियो भने व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपयाँ मागदावी भएको थियो । 

वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको म्यानपावरहरु सूची हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट