२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार पराजुलीले सूचना मागेपछि नेपाल र मलेसिया बिचको श्रम समझदारी पत्र सार्वजनिक

१७ श्रावण २०७६, शुक्रबार ११:२७

मनोज पराजुली, साउन १७, काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तत: नेपाल र मलेसिया बीच भएको श्रम समझदारीको पत्र सार्वजनिक गरेको छ। नेपाल र मलेसिया विच गत कार्तिक १२ गते श्रमिक आपूति सम्बन्धि श्रम समझदारी भएको थियो तर उक्त समझदारीका केहि बुँदा सार्वजनिक गरिएपनि समझदारीको पुरा विवरण सार्वजनिक गरिको थिएन। 


साझा सबाल मिडियाले पटक पटक उक्त पत्र सार्वजनिक गर्न मौखित आग्रह गरेको थियो । तर श्रम मन्त्रलयले उक्त पत्र सार्वजनिक रुपमा उपलब्ध नगराएपछि सूचनाको हक अन्तर्गत श्रम मन्त्रालयमा पत्रकार मनोज पराजुलीले निवेदन दर्ता गरेका थिए। निवेदन प्राप्त भएसंगै मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले यत्ति सूचनाको लागि १ पाना खर्च गरेर के निवेदन दर्ता गरेको भन्दै श्रम समझदारीको प्रतिलिपि लिन मन्त्रालयका बैदेशिक रोजगार शाखाका उप सचिप दिपक ढकालसंग सम्पर्क गर्न भनेका थिए। तर ढकालले दुई देश बिचको समझदारी कार्यान्वयन भई नसकेको भन्दै तत्काल उपलब्ध गराउन नसकिने जवाफ दिएका थिए।

उनले प्रतिलिपि पत्र नदिने जवाफ दिएसंगै सूचनाको हक अन्तर्गत पटक पटक लिखित जवाफ दिन सूचना अधिकारी केशवराज सुवेदीको ध्यानाकर्षण गरिएको थियो। लिखित पत्र प्राप्त नभएपछि विहिबार (हिजो) श्रम मन्त्रालयमा नै पुगेर सूचना माग गरिको निवेदनको लिखित जवाफ माग गरिएको थियो। उनले मन्त्रालयको विभिन्न शाखाले नै सूचना नदिएकोले आंफुले समयमा नै सूचना उपलब्ध गराउन नसकेको जवाफ दिएका थिए।  सो पश्च्यात सूचना उपलब्ध नभएको भन्दै सूचना आयोगमा उजुरी दिने तयारीमा रहँदै गर्दा श्रम मन्त्रालयले उक्त समझदारीको पत्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको हो। यधपी अझै पनि माग गरिएको अन्य ३ वटा सूचना निवेदन दर्ता गरेको २ महिना पुग्दा समेत श्रम मन्त्रालयले अझै उपलब्ध गराएको छैन।

नेपाल र मलेसिया विच भएको श्रम समझदारी पत्र

नेपाल सरकार र मौरिसस सरकार बीच भएको श्रम सम्झौता

नेपाल सरकार र युनाइटेड अरव इमिरेट्स सरकार बीच भएको श्रम सम्झौता

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट