२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा महिला कामदारले सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा जान नपाउने

२० श्रावण २०७६, सोमबार १६:०५

साउन २०, काठमाडौं । साउदी अरवमा अब महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन् । साउदी अरबस्थित राजदूतावासले एक सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । 

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली बारम्बार गुनासो आएपछि दूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा पारिश्रमिक कम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको लगायतको गुनासो ब्यापक पाइएको थियो ।

त्यसैगरी  पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु पमि महिला कामदारले दूतावास समक्ष राखेका थिए ।

सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइएएपछि अब यस्ता कम्पनीमा कामदार आपूर्तिका लागि म्यानपावरले पेश गर्ने मागपत्र प्रमाणीकरण रोक्ने निर्णय भएको हो ।

कामदार सर्वेक्षणपछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता