२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर विरुद्धका ७०४ वटा उजुरीहरु हेरिंदै, पीडितलाई सम्पर्कमा आउन विभागको अनुरोध

२०७६, २२ श्रावण बुधबार १०:२७

साउन २२, काठमाडौँ । के तपाइले बैदेशिक रोजगार विभागमा न्यायका लागि निवेदन दिनुभएको थियो ? कि निवेदन दिएर पनि सुनुवाई भएन भनेर बसिरहनुभएको छ ? यदि त्यसो हो भने आजै बैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुहोला ।

पछिल्लो समय विभागले पीडितका उजुरीहरुको सुनुवाई गर्नमा तीव्रता दिएको जनाएको छ । विभागले पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउन भन्ने चाहना बमोजिम पुराना उजुरीहरुको सुनुवाई शुरु गरेको जनाएको हो ।  

हामीले पुराना उजुरीहरुका सम्बन्धमा फाइल खोल्यौं विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले भनेका छन् ‘७०४ वटा उजुरीहरुको छानवीन गरी यो सूचना प्रकाशित गरेका छौं, कतै तपाई वा तपाईंका आफन्तको गुनासो यहाँ पो छ कि ?’

वैदेशिक रोजगारीको लागि विभिन्न इजाजत प्राप्त संस्था (म्यानपावर)  मार्फत गएका तर करार वमोजिम काम, सेवा सुविधा नपाएको भनि विभागमा उजुरी दर्ता गरेका निवेदकहरुलाई विभागमा सम्पर्क गर्न भनिएको महानिर्देशक भुसालले बताए । 

लामो समय सम्म पनि सम्पर्क नभएका र संस्थाबाट सूचना लगायतका विभिन्न प्रयासबाट सम्पर्क नभएका उजुरीकर्ताहरुको सूचीसहितको लिष्ट विभागको वेभसाइटमा पनि राखिएको विभागले महानिर्देशक भुसालले बताएका छन् । लिष्टमा उल्लेखित उजुरीकर्ताले आवश्यक प्रमाण सहित आफ्नो गुनासो सम्बोधनको लागि विभागमा सम्पर्क गरेमा सो छानविन गरी आवश्यक निर्णय गरी क्षतिपूर्ति दिलाईने महानिर्देशक भुसालले बताएका छन् ।

उजुरीकर्ताको विवरण



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस