२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ दिनपछी म्यानपावरको शंख्या १५० मात्रै ?

२०७६, २६ श्रावण आईतवार १६:५४

साउन २६, काठमाडौँ | सरकारले धरौटी वृद्धि तथा म्यानपावर संचालनको लागि कडा नीति लिएसँगै म्यानपावरको शंख्या घट्ने निश्चित छ । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या ७८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्ता रहेका छन् । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । १२५० वटा म्यानपावर कम्पनी गाभेर १५० वटा बनाउने तयारी भईरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताउंदै गर्दा भदौ १८ पछी म्यानपावरको शंख्या १५० मात्रै होला त ? यो शंख्या यसको तीन गुणा बढी हुनसक्ने अनुमान लगाउन सकिने धेरै आधार छन् । 

एक व्यवसायीका अनुसार भदौ १८ पछी म्यानपावरको शंख्या अहिलेको शंख्याको आधाभन्दा बढी हुनेछ । ति व्यवसायीका अनुसार म्यानपावरको शंख्या धरौटी पछि घट्ने निश्चित भएपनि डेढ दुईसय नभई ५ सयदेखि ७ सयको शंख्याको हाराहारीमा हुनेछ । ति व्यवसायीका अनुसार धरौटी तथा मर्जको लागि तोकिएको समय एक महिना भन्दा कम रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा धरौटी राख्ने म्यानपावर शंख्या बढ्नेछ । उनले भने 'मलेसिया नखुले वा खुल्ने ग्यारेन्टी नहुँदा त्यसले धरौटी राख्ने ५० भन्दा बढी म्यानपावरको शंख्यामा हेरफेर हुनेछ ।' 

मन्त्री परिषद् बैठकले म्यानपावर कम्पनीहरुका लागि धरौटी रकम बृद्धि गरी २ करोड धरौटी रकम बुझाउनु पर्ने निर्णय गरेसँगै हालसम्म १९ म्यानपावर कम्पनीले मात्रै धरौटी बुझाएका छन् । एउटै म्यानपावरले तोकिएको धरौटी रकम पुर्याउन नसके दुई वा दुई भन्दा बढी कम्पनी मर्ज भएर धरौटी रकम पुर्याउने सुबिधा दिन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सैद्धान्तिक सहमति बैदेशिक रोजगार बिभागलाई दिईसकेका छन् । उक्त आधारमा बिभागले साउन २६ गते सूचना जारी समेत गरिसकेको छ ।

म्यानपावरहरुले भदौ १८ गते पछि म्यानपावर संचालनको लागि ५० हजार नगद र १ लाख ५० हजार निक्षेप गरि २ करोड धरौटी रकम बुझाउनु पर्नेछ । हाल बैदेशिक रोजगारमा पठाउन इजाजत पाएका एक तीहाई म्यानपावरहरुले आफै एक्लैले धरौटी रकम जुटाउन सक्षम रहेको आशय देखाएका छन् । यही आशयलाई मध्येनजर गर्ने हो भने झन्डै ४०० म्यानपावर आफै धरौटी राख्ने सोचमा रहेको बुझिन्छ । बाँकी म्यानपावर मर्जबाट जोडिने सम्भावना छ । म्यानपावर व्यवसायीहरुबीच एकापसमा विश्वासको वातावरण नहुँदा त्यसको कारण मर्जमा समस्या पर्ने देखिएको छ ।

एक म्यानपावर व्यवसायीले बताए अनुसार आफूसंग धरौटी राख्न पैसा नभएपनि मर्जमा जाने सोच नबनाएको बताए । उनले भने 'कसलाई विस्वास गरेर मर्जको लागि कुरा अगाडी बढाउँ, आफै अन्यौलमा छु । पार्टनरसिपमा म्यानपावर संचालन गर्दा भोली ठूलो समस्या पर्ने मेरो डर छ ।' यी व्यवसायीको कुरालाई लिने हो भने धेरै म्यानपावर संचालकसंग उनको कुरा मिल्दो-जुद्दो छ । 

म्यानपावर कम्पनीहरुले अब मात्र २४ दिनको समयलाई सदुपयोग गर्दै मर्जमा जाने वा आफै एक्लै धरौटीको पैसा जम्मा गर्ने निर्णय लिन नसके म्यानपावर व्यवसायनै गुमाउनुपर्ने स्थिति आउनसक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस