२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ दिनपछी म्यानपावरको शंख्या १५० मात्रै ?

२६ श्रावण २०७६, आईतवार १६:५४

साउन २६, काठमाडौँ | सरकारले धरौटी वृद्धि तथा म्यानपावर संचालनको लागि कडा नीति लिएसँगै म्यानपावरको शंख्या घट्ने निश्चित छ । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या ७८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्ता रहेका छन् । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । १२५० वटा म्यानपावर कम्पनी गाभेर १५० वटा बनाउने तयारी भईरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताउंदै गर्दा भदौ १८ पछी म्यानपावरको शंख्या १५० मात्रै होला त ? यो शंख्या यसको तीन गुणा बढी हुनसक्ने अनुमान लगाउन सकिने धेरै आधार छन् । 

एक व्यवसायीका अनुसार भदौ १८ पछी म्यानपावरको शंख्या अहिलेको शंख्याको आधाभन्दा बढी हुनेछ । ति व्यवसायीका अनुसार म्यानपावरको शंख्या धरौटी पछि घट्ने निश्चित भएपनि डेढ दुईसय नभई ५ सयदेखि ७ सयको शंख्याको हाराहारीमा हुनेछ । ति व्यवसायीका अनुसार धरौटी तथा मर्जको लागि तोकिएको समय एक महिना भन्दा कम रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा धरौटी राख्ने म्यानपावर शंख्या बढ्नेछ । उनले भने 'मलेसिया नखुले वा खुल्ने ग्यारेन्टी नहुँदा त्यसले धरौटी राख्ने ५० भन्दा बढी म्यानपावरको शंख्यामा हेरफेर हुनेछ ।' 

मन्त्री परिषद् बैठकले म्यानपावर कम्पनीहरुका लागि धरौटी रकम बृद्धि गरी २ करोड धरौटी रकम बुझाउनु पर्ने निर्णय गरेसँगै हालसम्म १९ म्यानपावर कम्पनीले मात्रै धरौटी बुझाएका छन् । एउटै म्यानपावरले तोकिएको धरौटी रकम पुर्याउन नसके दुई वा दुई भन्दा बढी कम्पनी मर्ज भएर धरौटी रकम पुर्याउने सुबिधा दिन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सैद्धान्तिक सहमति बैदेशिक रोजगार बिभागलाई दिईसकेका छन् । उक्त आधारमा बिभागले साउन २६ गते सूचना जारी समेत गरिसकेको छ ।

म्यानपावरहरुले भदौ १८ गते पछि म्यानपावर संचालनको लागि ५० हजार नगद र १ लाख ५० हजार निक्षेप गरि २ करोड धरौटी रकम बुझाउनु पर्नेछ । हाल बैदेशिक रोजगारमा पठाउन इजाजत पाएका एक तीहाई म्यानपावरहरुले आफै एक्लैले धरौटी रकम जुटाउन सक्षम रहेको आशय देखाएका छन् । यही आशयलाई मध्येनजर गर्ने हो भने झन्डै ४०० म्यानपावर आफै धरौटी राख्ने सोचमा रहेको बुझिन्छ । बाँकी म्यानपावर मर्जबाट जोडिने सम्भावना छ । म्यानपावर व्यवसायीहरुबीच एकापसमा विश्वासको वातावरण नहुँदा त्यसको कारण मर्जमा समस्या पर्ने देखिएको छ ।

एक म्यानपावर व्यवसायीले बताए अनुसार आफूसंग धरौटी राख्न पैसा नभएपनि मर्जमा जाने सोच नबनाएको बताए । उनले भने 'कसलाई विस्वास गरेर मर्जको लागि कुरा अगाडी बढाउँ, आफै अन्यौलमा छु । पार्टनरसिपमा म्यानपावर संचालन गर्दा भोली ठूलो समस्या पर्ने मेरो डर छ ।' यी व्यवसायीको कुरालाई लिने हो भने धेरै म्यानपावर संचालकसंग उनको कुरा मिल्दो-जुद्दो छ । 

म्यानपावर कम्पनीहरुले अब मात्र २४ दिनको समयलाई सदुपयोग गर्दै मर्जमा जाने वा आफै एक्लै धरौटीको पैसा जम्मा गर्ने निर्णय लिन नसके म्यानपावर व्यवसायनै गुमाउनुपर्ने स्थिति आउनसक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता