२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा हण्डरपछि स्वदेशमै उद्यम’

२०७६, २७ श्रावण सोमबार १५:३२

अशोक घिमिरे, साउन २७, काठमाडाँ । सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पु¥यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । 

आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र रमाउँला भनेको सोचेजस्तो केही भएन”, विगत सम्झदै उहाँले भन्नुभयो, “नेपाल फर्कूं त कसरी फर्कूं, नफर्कूं त कमाउने सम्भावना नै थिएन ।”

अत्यन्त थोरै तलब । खान बस्न महङ्गो । मासिक केवल १०/१२ हजार बचत हुन्थ्यो । आफ्नो खर्च चलाउने कि परिवारको गुजारा धान्ने वा लिएको ऋण चुक्ता गर्ने भन्ने चुनौति थियो । जसोतसो ऋण तिरेर नेपाल फर्कने सोच पलायो घिमिरेमा । 

सानोसानो अंश बचतबाट झण्डै दुई वर्षको अवधिमा ऋण चुक्तापछि घिमिरे नेपाल फिर्नुभयो । “कुनै परिवर्तन थिएन, युवालाई निराश बनाउने र फेरि पनि विदेशिन बाध्य तुल्याउने गतिविधि मुलुकमा जारी नै थिए”, स्मृतिका पाना पल्टाउँदै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन, बन्द, आन्दोलन, चक्काजाम यस्तैयस्तै ।”

स्वदेशमै केही गर्छु भनेर फर्केपनि त्यहीबीचमा भूकम्प अनि नाकाबन्दीको सास्ती थपियो । भूकम्पले घरमा नराम्ररी क्षति पु¥यायो । अन्ततः फेरि उहाँले गन्तव्य परिवर्तन गर्दै २०७२ सालमा साउदी जानुभयो । अघिकै श्रृङ्खला दोहो¥याउँदै चर्को व्याजमा ऋण लिएर साउदी उडेपनि नियति फेरि दोहोरियो ।  तुलनात्मक रुपमा केही बढी तलब र सेवा सुविधा भए पनि खर्च धान्न मुस्किल मुस्किल नै थियो । 

नियतिले ठगेपछि कसको के लाग्छ र ? केही महीना काम गरेपछि उहाँ कार्यरत कम्पनी आर्थिक रुपमा टाट पल्टियो । महिनामा एक साता काम ग¥यो अरु दिन खाली । झण्डै एक वर्ष काम गरेपछि अन्ततः उहाँ फेरि स्वदेश फिर्नुभयो । 

थोरैथोरै बचतबाट सानो पूँजी निर्माण भएको थियो । मुलुक राजनीतिक स्थायित्वमा प्रवेश गर्ने चरणमा थियो । सरकारले युवालाई स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्न केही पहलकदमी लिँदै थियो । वैदेशिक रोजगारीका क्रममा पाएको ठक्कर र खाएको हण्डर तथा सरकारको युवा लक्षित कार्यक्रमले अब केही गरे यही रम्न र जम्न सकिन्छ भन्ने लाग्यो । 

संभावनाकै बीच उहाँले डेरी व्यवसाय शुरु गर्नुभयो । विदेशमा घोटिएको जीवन उहाँले यहाँभने व्यवसाय प्रवद्र्धनमा लगाउनुभयो । विदेशमा भन्दा दुःख कम, कमाइ आकर्षक । मेहनत गरेअनुसारको फल यही रहेछ भन्ने बल्ल उहाँलाई लाग्यो । “सुख त कहीँ पनि छैन, दुःख गरेअनुसारको प्रतिफल पाइएको छ”¬, उहाँले भन्नुभयो । 

वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारी योजनाबाट कर्जा लिएर व्यवसाय विस्तारमा लगाउने उहाँको सोच छ । “विदेशमा हुँदा १०/१५ हजार बचाउन मुस्किल हुन्थ्यो, अहिले मासिक ३०/३५ हजार कमाइ भएको छ” उहाँले भन्नुभयो, “अब थप लगानी गरेर व्यवसाय विस्तार गर्ने योजना बनाएको छु ।”

सहुलियतपूर्ण कर्जाका लागि निवेदन दिएपछि वैदेशिक रोजगार बोर्डले सहुलियपूर्ण कर्जा लिन योग्यको सूचीमा राखेको छ उहाँलाई । उक्त सूचीमा घिमिरेजस्तै झण्डै १८ हजार युवा सूचीकृत भएका छन् ।

घिमिरेजस्तै कास्कीका हेमराज बराल पनि दशक लामो कष्टपूर्ण वैदेशिक रोजगारीको यात्रा त्यागेर स्वदेशमै उद्यम गर्न शुरु गर्नुभएको छ । अहिले उहाँले वैदेशिक रोजागरीको भन्दा राम्रो आम्दानी यही गर्नुभएको छ ।

“विदेशमा जति दुःख नेपालमै ग¥यो भने यही पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अहिले आएर बुझेको छु”, उहाँले भन्नुभयो, “पहिलै यति बुझेको भए किन पो जान्थे र विदेश ।” वैदेशिक रोजगारीमा गएको युवालाई स्वदेशमै उद्यम गर्न सरकारले लगानीका लागि सहुलियत प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो । 

रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी वैदेशिक रोजगारीबाट फर्केका युवालाई नेपालमै स्वरोजगार बनाउन तथा उनीहरुलाई उत्पादनसँग जोड्न राज्यले एकीकृत प्याकेज ल्याउनुपर्ने बताउनुहुन्छ । 

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको छ ।

“वैदेशिक रोजगारीबाट फर्केका युवाले थोरै पूँजी, धेरै सीप तथा अनुभव ल्याएका छन्, उनीहरुको सीपलाई राष्ट्रिय पूँजीका रुपमा लिइनुपर्छ”, उहाँले भन्नुभयो, “साच्चै मुलुकले समृद्धि हासिल गर्ने हो भने ती युवालाई स्वदेशमै पुनः स्थापना गर्नुपर्छ, विदेशमा रहेकालाई नेपालमै कमाउन सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन