२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमती चर्को हिंसा सहन बाध्य’

२०७६, ३२ श्रावण शनिबार १३:१२

अशोक घिमिरे | साउन ३२, काठमाडौँ | मुलुक विप्रेषण (रेमिट्यान्स)को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । 

रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही कसैले आँकल गर्न सकेको छैन । वैदेशिक रोजगारीबाट सिङ्गो मुलुक त प्रभावित छ नै, रोजगारीमा जाने व्यक्तिका परिवार, श्रीमती, सन्तति र समाजलाई झनै आक्रान्त परेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकको अवस्था तथा मावन बेचबिखनको जोखिमता’ विषयको अध्ययनमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले चर्को सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ । 

रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमतीले विविध प्रकारको हिंसा खेप्न बाध्य भएका छन् । उनीहरुले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । समाजमा हिँड्डुल गर्दा जिस्काउन, होच्याउने, सामाजिक रुपमा गालीगलौज गर्ने तथा विविध विषयमा लान्छना लगाएर हिंसा गर्ने गरेको अध्ययनका क्रममा पाइएको थियो । 

त्यस्तै बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लान्छाना लगाउन, राम्रो लुगा लगाउँदा पनि घर परिवारका सदस्यले परदेशमा रहेको श्रीमान्लाई फोन गरी विविध नकारात्मक टिप्पणी सुनाइदिने गरेको अध्ययनका क्रममा सहभागी युवतीले सुनाएका थिए । 

श्रीमान विदेश हुनेको श्रीमतीले बजार जाँदा नकारात्मक दृष्टिले हेर्ने, धकेल्ने, जिस्क्याउन खोज्ने प्रवृत्तिको पनि सामाना गर्नु परेको प्रतिवेदनमा उल्लेख गरेको छ । बढ्दो सामाजिक हिंसाका कारण मनमा नकारात्मक असर पर्ने, एक्लै घर बाहिर निस्कन असहज महसुस गर्ने गरेका अध्ययन प्रतिवेदनमा जनाइएको छ । 

अध्ययन प्रतिवेदनमा भनिएको छ, “सिन्धुलाल्चोक जिल्लामा पनि फलानोको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ, उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान पर्यो भन्ने समूह नै रहेको भन्ने सामूहिक छलफलका क्रममा सहभागीबाट आएको थियो ।” प्रायः गरी काठमाडौँ तथा अन्य छिमेकी जिल्लाबाट र घर छिमेकका युवाले यस्ता विषयमा लागि पर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विवाह भएपछि श्रीमान वैदेशिक रोजगारीमा जानेको श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाको श्रीमती तथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको छ । 

अध्ययनमा सहभागी महिला पनि लगभग २० प्रतिशत २० वर्षभन्दा कम उमेरमा विवाह गरेका तथा विवाह गरेर मात्र विदेश गएका युवाका श्रीमती सहभागी थिए । वैदेशिक रोजगारीमा गएका युवाका श्रीमतीले चर्को सामाजिक मूल्य खेप्न परेपछि मानव बेचविखनको घटनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

परिवार, समाज तथा अन्य क्षेत्रबाट महिलाले भोग्दै आएको सामाजिक मूल्यको एउटै उपाय वैदेशिक रोजगारी ठान्ने गरिएको छ । हिंसाबाट छुटकारा पाउनका लागि कसैसँग सरसल्लाह नगरी छरछिमेकमा वैदेशिक रोजगारीमा गएका महिलालाई हेरी तुरुन्त राहदानी बनाउन जानुले पनि बेचबिखनको जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य र मानव बेचबिखनको बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सुझाव दिएको छ । नजानिँदो तरिकाबाट वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य भोगिरहेका महिलाले सामाजिक तथा पारिवारिक बहिस्कारसम्मको स्थिति रहेकाले आफ्नो घर ठाउँमा पनि दासत्व स्वीकार्न बाध्य भएको परिस्थितिलाई अन्त्य गर्न आवश्यक कदम चाल्न पनि आयोगले सिफारिश गरेको छ । 

आयोगले अध्ययनका लागि बढी मात्रामा युवा वैदेशिक रोजागरीमा गएका सिन्धुपाल्चोक र धनुषा जिल्लाको छनोट गरेको थियो । अध्ययनमा सबैभन्दा बढी २५ देखि २९ वर्षसम्मका २१ प्रतिशत, ३० देखि ३४ वर्ष र ४० देखि ४४ वर्षको १७/१७ प्रतिशत, २० देखि २४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका ११ प्रतिशत, ४५ देखि ४९ वर्षका नौ प्रतिशत, १५ देखि १९ वर्षका सात र ५० वर्षमाथिका पाँच प्रतिशत महिलाको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस