२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिएन ओभरसिसका संचालकले कतार पठाएका कामदार अलपत्र, संचालकनै अवैध धन्दामा !

२०७६, २ भाद्र सोमबार ०६:३२

भदौ २, काठमाडौँ | काठमाडौँ स्थित सिनामंगलमा रहेको मारियन ओभरसिज मार्फत कतार पुगेका एक नेपाली अलपत्र परेका छन् । मारियन ओभरसिज म्यानपावर मार्फत कतार पुगेका विशन सिंह भण्डारीलाई म्यानपावर संचालक सरोज श्रेष्ठकै संलग्नतामा आजाद भिषामा पठाएको खुलेको हो ।  


पिडित भण्डारीले आफू म्यानपावर मार्फतनै कतार आएको बताउँदै गर्दा बैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार उक्त म्यानपावरले उनलाई कतार पठाएको खुलेको छैन । पिडितले बताए अनुसार मारियन ओभरसिजका संचालक सरोज श्रेष्ठले पिडित भण्डारीसंग १ लाख ३० हजार अशुली गरि कतार पठाएका थिए । भण्डारीको सम्पूर्ण काम म्यानपावरकै संलग्नतामा भए पनि श्रम स्वीकृति अनुसार कुनै म्यानपावर नजोडीएकोले श्रम स्वीकृतिमा म्यानपावरको नाम हुनुपर्नेमा 'सेल्फ' उल्लेख छ । म्यानपावर संचालकले आफ्नो म्यानपावरलाई जोगाउन व्यक्तिगत श्रम स्वीकृतिको सेटिङ योजनामा भण्डारीलाई कतार पठाएको खुलेको छ । 

गत २२ जुनमा कतार पुगेका उनलाई दुई महिना बितीसक्दा पनि कुन कम्पनीमा आफू काम गर्ने भन्ने थाहा छैन । उनले आफू नेपाल फर्कन चाहेको भन्दै सहयोगको याचना गरेका छन् । आफूलाई पठाउने म्यानपावरसंग सहयोगको याचना गर्दा कुनै मतलब नगरेको बताउँदै उनले भने 'दुई महिनादेखि काम गरेको छैन, खानाको समस्या छ, भुइमा सुतेको छु । म्यानपावरले भोली-भोलि भन्दै झुलाईरहेको छ ।'

सम्बन्धित पिडितलाई उद्दारको पहलमा साझा सबाल मिडियाले बैदेशिक रोजगार बिभागलाई समेत यस बिषयको सूचना दिईसकेको छ । सम्बन्धित म्यानपावर संचालकसंग पिडितको उद्दार तथा पिडितको गुनाशोबारे जानकारी लिन खोज्दा कुनै प्रतिकृया पाउन सकिएन । 

के हो ‘आजाद भिसा’ ?

कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफू अनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । 

मारियन ओभरसिसका संचालकले यही भिसामा पिडितलाई कतार पठाएको बुझिन्छ । कतिपय म्यानपावरले कतारमा दलालसंग मिलेर आजाद भिषामा नेपालीलाई पठाउने गरेका छन् । यस्तो किसिमको भिषामा कतार पुगेका नेपालीहरु कहिले राम्रो कम्पनीमा काम गर्ने अवसर पाए पनि अधिकांशले पिडित बन्नु परेको छ । आकर्षक कमाई हुने भन्दै लैजाने तर त्यहाँ लगेर काम गर्ने कम्पनि खोज्दा-खोज्दै समय बित्छ । काम पाईहाले पनि नेपालबाट जुन तलब भनेर पठाइएको थियो, उक्त तलब नपाउँदा युवाहरु पिडित बन्नुपरेको अवस्था छ । 

वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । कामदार, बैदेशिक रोजगार विभाग र बिमानस्थललाई समेत झुक्काएर कतार पुर्याई अलपत्र पार्न सकृय गिरोह, व्यक्ति तथा म्यानपावरलाई कारबाही गर्नुपर्ने बैदेशिक रोजगारभित्रको पुरानै बहश हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस