२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी भन्छन् ‘१० हजार’ को नक्कली पर्चा थमाएर कहिले सम्म कामदार विदेश पठाउने ?

२ भाद्र २०७६, सोमबार ०७:४७

भदौ २, काठमाडौं । म्यानपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा हान्न शुरु गरेसंगै म्यानपावर व्यवसायीहरुले विभिन्न धारणा आउन थालेका छन् । पछिल्लो समय विभागले विभिन्न म्यानपावर कम्पनीमा अनुगमनलाई तीव्रता दिएको छ तर पनि त्यसको प्रभावकारिता अझै देखिएको छैन ।

प्याराडाइज मेनपावर त एउटा प्रतिनिधि पात्र मात्र हो! त्यो अबस्था भोलि १००० म्यानपावरलाई आउँछ ! प्याराडाइज म्यानपावरमा विभागले छापा हानेपछि एक व्यवसायीले दिएको प्रतिक्रिया हो यो । उनी भन्छन् "१० हजारमा विदेश त के श्रमस्वीकृति, मेडिकल पनि सकिदैन" भन्ने कुरा स्वयम् सरकारलाई पनि थाहा छ! तर, "नक्कली ऐन कानुनको दफा उपदफाको" आडमा कहिँ कतै बाट उजुरी पर्यो भने सरकार कारबाही गर्न पछि पर्दैन ! प्याराडाइजको जस्तो भोलि अरु मेनपावरको पनि हालत भयो भने भिजा आइसकेका व्यक्तिलाई हाल सालै राख्दै गरेको २-३ करोड धरौटिवाट कटौती हुनेगरी निशुल्क रोजगारीमा पठाएर स्वयम् मेनपावरवाला बैदेशिक रोजगारीमा लाग्दा हुन्छ! 

"फ्री भिजा फ्री टिकट" नियमलाई पनि स्विकार्ने, एउटै भिजालाई ५० हजार सम्ममा किनेर पनि ल्याउने भन्दै उनले म्यानपावर व्यवसायीको भूमिका माथि नै आक्रोश पोखेका छन् । 'अझ दुताबासमा डिमाण्ड प्रमाणीकरण गर्दा लाग्ने खर्च, रोजगारदाताको अन्तरवार्ता अबधिको खर्च, आते-जाते हवाई टिकट खर्च पनि व्यहोरेर मेनपावर चलाइरहेका हामी मेनपावर ब्यबसायीले बेलैमा सोच्ने पो हो कि ?' उनी भन्छन् 

अर्का एक व्यवसायी भन्छन् 'स्थिति भयावह देखिएको छ, कुनै ब्यवसायीले यस्तो अवस्थामा कसरी काम गर्नेहुन्न र राज्यले कसरी गराउने हो, धरौटी बढाउन तछाड मछाड छ, तर यो राज्यको तर्फबाट थापिएको पासो हो, जुन पासोमा सबै ब्यवसायी पर्ने निश्चित प्रायः छ । सबैले यो बारेमा सोच्ने कि ?

सरकारले बैदेशिक रोजगारीको लागि देशगत लागत शुल्क तोकेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । खाडी देशमा निशुल्क भिषा र टिकटको व्यवस्था गरिएपनि त्यसको पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता