२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३५५ म्यानपावरले दुई करोड धरौटी बुझाए, शनिबार पनि बिभाग खुल्ने, म्यानपावरको सूची हेर्नुहोस्

२०७६, ११ भाद्र बुधबार १७:३०

मनोज पराजुली, भदौ ११,  काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टी सहित नगद राख्ने कामलाई तीव्र पारेका छन् । धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन ७ दिन बाँकि रहंदा बुधबार सम्म ३ सय ५५ कम्पनीले बैंक ग्यारेन्टी रकम विभागमा पेश गरेका छन् ।

मर्जरको लागि ६२ वटा फाइल प्राप्त भए अनुसार लगभग १ सय ३० को संख्यामा म्यानपावर कम्पनी मर्जरमा जान विभागमा निवेदन दिएको महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए। समयसीमा कम भएको र सेवा लिन आउनेको भिड बढेकोले आगामी शनिबार पनि कार्यालय खुला राखेर सेवा दिने तयारी गरिएको भुसालले बताए। विभागमा कार्यरत जनशक्ति बाहेक श्रम कार्यालय ताहाचलबाट पनि कर्मचारी थप गरेर व्यवसायीले फाइल पेश गरेकै दिन नै सेवा दिइरहेको महानिर्देशक भुसालले बताए ।


बैंकहरुले प्रतिष्पर्धाको रुपमा कम रकममा बैंक ग्यारेन्टी दिएको तर्फ संकेत गर्दै उनले भने 'विभागको चासो भनेको जुन बैंकले ग्यारेन्टी दिएको छ, सो बराबरको रकम विभागले चाहेको बेला उपलब्ध गराउनुपर्ने हुन्छ।’ बैंकले कतिमा बैंक ग्यारेन्टी गरेको छ भन्ने चिन्ता नभएको तर विभागले यसको वास्तविकता बारे बैंकहरुसंग यसअघि नै छलफल गरिसकेको उनले बताए ।

म्यानपावर कम्पनीले हाल तोकिएको भन्दा बढी सेवा शुल्क लिएर कामदार विदेश उडाइरहेको अवस्थामा धरौटी रकम जोहो गर्नुपर्दा झन् लागत बढ्ने अनुमान व्यवसायीले नै गर्दै आएका छन् । तर भदौ १८ गते पछाडी नियमनको पाटो कसरी अगाडी बढ्छ भन्ने प्रश्नमा भुसालले भने ‘भदौ १८ पछिको परिदृश्य हेर्छौं, कति कम्पनी खारेज हुन्छ, कति नवीकरण हुन्छ, सो पश्च्यात बढी भन्दा बढी सूचना प्रविधिको प्रयोग गर्दै नियमनलाई प्रभावकारी बनाउँछौं।’ 

सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै वार्षिक तीन हजारभन्दा कम कामदार पठाउन चाहने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउन चाहने कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र  वार्षिक ५ हजारभन्दा बढि कामदार पठाउन चाहने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ। सो अनुरुप व्यवसाय गर्न चाहने म्यानपावर कम्पनीले धरौटी राख्नको लागि अन्तिम समयसीमा नै पर्खिएको पाइएको छ । 


बैंक ग्यारेन्टी दिन प्राइम बैंक अगाडी 

म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी दिनका लागि सबैभन्दा अगाडी प्राइम कमर्शियल बैंक देखिएको छ । प्राइम बैंकले यसअघि पनि ९ सय भन्दा बढी कम्पनीको बैंक ग्यारेन्टी लिएकोले पनि हाल व्यवसायी प्राइम बैंकमा नै आएको हुनसक्ने बैंकका बागबजार शाखा प्रमुख शिभराज पन्तले बताए । प्राइम बैंकले १ करोड ५० लाख बैंक ग्यारेन्टीको लागि १६ लाखका नगद सहित ५ वर्षका लागि ३ लाख ५० हजार रकम बैंकले कमिसन रकम लिएर सेवा दिइरहेको पन्तले बताए । हाल बैंकमा आउने व्यवसायीलाई एकै दिन सहज तरिकाले सेवा दिइरहेको भन्दै उनले यो क्रम १८ गतेसम्म नै निरन्तर चल्ने बताए । झन्डै ४०० बैंकलाई यो पटक बैंक ग्यारेन्टी दिने लक्ष्य सहित काम गरेको पन्तले साझा सबाललाई जानकारी दिएका छन् । यस अघि झन्डै ९ सय म्यान्पावरले प्राइम बैंकमै धरौटी राखेका थिए । 


हाल प्राइम बैंक बाहेक  ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक, जनता बैंक, एभरेष्ट बैंक र कुमारी बैंक लगायतले म्यानपावर कम्पनीको धरौटीको लागि बैंक ग्यारेन्टी दिइरहेका छन् । 

गुनासा तथा समस्या सम्बोधन गर्नमा संघको साथ  

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीका गुनासा तथा समस्या सम्बोधन गर्नमा साथ दिइरहेको संघका महासचिव सरोज पोखरेलले बताए ।


संघले वैदेशिक रोजगार विभागमा थप नगद धरौटी तथा बैंक ग्यारेन्टी पेश गर्ने र मर्जर सम्बन्धि गर्नुपर्ने कागजी प्रक्रियामा सहजीकरण र सुझावको लागी गत सोमबारदेखि १८ गतेसम्म संघको कार्यसमितिका ५ जना पदाधिकारीहरु विभागको कार्यलय बुद्धनगरमा रहने व्यवस्था गरेको छ । संघले प्रथम उपाध्यक्ष राम प्रसाद भान्ताना, द्वितीय उपाध्यक्ष भुवन सिं गुरुङ, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, महासचिव सरोज पोखरेल, सचिव इश्वर जि.सि र कोषाध्यक्ष राधिका कटवाल सम्पर्क व्यक्तिका रुपमा रहने व्यवस्था गरेको छ। 

भिडियो हेर्नुहोस् 

धरौटी राखेका १२९ म्यानपावरको सूची तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस