भदौ १३,काठमाडौं। बैदेशिक रोजगारीमा जानेहरुको लागि अबदेखि अनिवार्य बैंक खाता हुनुपर्ने भएको छ। भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने व्यवस्था गरिएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले साझा सवाललाई जानकारी दिए।
विभागको यो निर्णयसंगै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा आफ्नो वा आफ्नो हकवालाको नाममा बैंङ्कमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ। क्रमश बैंक खाता अनिवार्य गर्दै लैजाने नीति अनुरुप र रेमिट्यान्स बैंक खाताबाट नै नेपाल आओस भनेर नयाँ नियम ल्याइएको भुसालले बताए।
कामदारले म्यानपावर कम्पनीलाई तिर्ने सेवा शुल्क समेत बैंकिङ्ग प्रणालीबाट लैजानको लागि आधारशिला बनाउन लागिएको भुसालले बताए।