२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ करोड धरौटी राख्ने म्यानपावरको संख्या ५४८ पुग्यो, १६ कम्पनीले ५० लाख नगद जुटाउँदै

१५ भाद्र २०७६, आईतवार ०४:०६

भदौ १५, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टी सहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् । धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन ४ दिन बाँकि रहंदा शनिबारसम्म वैदेशिक रोजगार ऐन २०६४’को संशोधित प्रावधान अनुसार थप भएको बैंक ग्यारेन्टी राख्ने म्यानपावर कम्पनीको संख्या ५ सय ६४ पुगेको छ ।  

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालका अनुसार शनिबार अपरान्ह ३ बजेसम्म ५ सय ६४ म्यानपावर कम्पनीले बैंक ग्यारेन्टी र ५ सय ४८ संस्थाले धरौटी र बैंक ग्यारेन्टी दुबै बुझाएका छन् । धरौटी राख्ने अन्तिम समयमा म्यानपावर व्यवसायीको चाप बढेपछि वैदेशिक रोजगार विभागले शनिबार विदाको दिन पनि दिउँसो ३ बजेसम्म कार्यालय खोली वढेको धरौटी र बैंक ग्यारेन्टी  बुझेको थियो । 

शनिबारसम्ममा २ सय १४ वटा संस्थाले गाभिनका लागि निवेदन दिएका छन् । ती संस्थाहरु गाभिएर ९२ संस्था बन्ने छन् ।  हालसम्म २ वटा संस्था गाभिन ७५ निवेदन, ३ वटा संस्था गाभिन ७ निवेदन, ४ वटा संस्था गाभिन ८ निवेदन, ५ वटा संस्था गाभिन एउटा निवेदन र ६ वटा संस्था गाभिन पनि एउटा निवेदन परेको महानिर्देशक डा. भूसालले जानकारी दिए । अन्तिम समयमा कार्यबोझ हुने भन्दै वैदेशिक रोजगार विभागले सकेसम्म छिटो धरौटी र बैंक ग्यारेन्टी पेश गर्न व्यवसायीहरुलाई आग्रह गरिएको भुसालले बताए । 

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार व्यवसायीहरले यहि भदौ १८ गतेसम्म वृद्धि भएको बैंक ग्यारेन्टी र धरौटी पेश गरी सक्नुपर्छ। धरौटी र बैंक ग्यारेन्टी बुझाउने तथा संस्थाहरु गाभिने म्याद आइतबारदेखि ४ दिन मात्र बाँकी रहेको छ । 

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने लक्ष्य राख्ने म्यानपावर कम्पनीले धरौटीबापत ५० लाख रुपैयाँ नगदै र एक करोड ५० लाख रुपैयाँको बैंक ग्यारेण्टी, वार्षिक तीनहजार भन्दा बढी पाँचहजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाले धरौटी बापत एक करोड रुपैयाँ नगदै र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने लक्ष्य राख्ने म्यापावर कम्पनी धरौटी बापत दुई करोड रूपैयाँ नगदै र चार करोड रूपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । 

गत वर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार विदेश पठाएका थिए ।  त्यसमध्ये एकाघर सगोलका व्यक्ति सञ्चालक भएका म्यानपावरहरुले एउटा कम्पनी मात्र सञ्चालन गर्न पाउने नियम आएपछि उनीहरु अनिवार्य मर्जरमा गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा