भदौ १५, काठमाडौँ | चालु आर्थिक बर्षको पहिलो महिना 'साउन' मा मात्र बैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३२ हजार ४०८ रहेको छ । गत आर्थिक बर्षको यही महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३६ हजार ६३ रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको साउन महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्यामा ३ हजार ६५५ को अन्तरले घटेको हो ।
तुलनात्मक रुपमा हेर्ने हो भने गत बर्षको साउन महिनामा म्यानपावर कम्पनी मार्फत बैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको शंख्या १८ हजार ५५९ रहेकोमा उक्त शंख्या घटेर यो बर्षको साउन महिनामा १५ हजार ६१८ रहेको छ । यसरी हेर्दा गत बर्षको साउनको तुलनामा यस पटक म्यानपावर मार्फत बैदेशिक रोजगारीमा जानेको शंख्या १६ प्रतिशतले कम रहेको छ ।
साउन महिनामा बैदेशिक रोजगारीको लागि सबैभन्दा बढी युएई जानको लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । बैदेशिक रोजगार बिभागको डाटा अनुसार साउनमा मात्र युएई जानको लागि ९ हजार ५९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोश्रो नम्बरमा कतार रहेको छ । कतारको लागि ७ हजार ६६९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । साउन महिनाभरी बैदेशिक रोजगारीको लागि कुन देशको लागि कतिले अन्तिम स्वीकृति लिए तल हेर्न सक्नुहुन्छ । तलको डाटा बैदेशिक रोजगारीमा पहिलेनै गएकाहरुको नविकरण सहितको डाटा हो ।
१. युएई – ९५९८
२. कतार – ७६६९
३. साउदी अरेविया – ६५८४
४. मलेसिया – ४१३१
५. कुवेत – १६०४
६. बहराइन – ४४३
७. जोर्डन – ३६९
८. ओमान – ३३७
९. साइप्रस – २१८
१०. जापान – २११
११. माल्दिभ्स – १७२
१२. माल्टा – १२९
१३. अफगानिस्तान – ११९
१४. मकाउ – ११८
१५. टर्की – १०९
१६. रोमानिया - ९४
१७. पोर्चुगल – ६३
१८. ब्रुनेई – ४६
१९. शेसेल्स – ४५
२०. चाइना – ४१
२१. अमेरिका – २७
२२. चेक रिपब्लिक – २३
२३. पोल्याण्ड – २०
२४. इजरायल – १९
२५. न्युजिल्याण्ड – १७
२६. सिंगापुर – १६
२७. पनामा – १३
२८. पपुवा न्यु गिनी – ११
२९. श्रीलंका – ९
३०. फिनल्याण्ड – ८
३१. जर्मनी – ८
३२. रसिया – ८
३३. अष्ट्रेलिया – ७
३४. हंगकंग – ७
३५. मौरिसस – ७
३६. काय्मन – ६
३७. इजिप्ट – ६
३८. इस्टोनिया – ६
३९. युनाइटेड किंगडम – ६
४०. कम्बोडिया – ४
४१. क्यानडा – ४
४२. रिपब्लिक अफ कंगो – ४
४३. साउथ कोरिया – ४
४४. इटाली – ३
४५. लिथुनिया – ३
४६. नर्वे – ३
४७. सोमालिया – ३
४८. साउथ अफ्रिका – ३
४९. स्पेन – ३
५०. थाइल्याण्ड – २
५१. फिलिपिन्स – २
५२. आएरल्याण्ड – २
५३. क्रोएसिया – २
५४. बर्मुडा – १
५५. बुर्किना फासो – १
५६. कंगो – १
५७. इथोपिया – १
५८. गाबोन – १
५९. ग्रीस – १
६०. हंगेरी – १
६१. केन्या -१
६२. लाओ पीडीआर – १
६३. लाओस – १
६४. माली – १
६५. मेक्सिको – १
६६. मंगोलिया – १
६७. मोजाम्बिक – १
६८ . नेदरल्याण्ड – १
६९. नाइजेरिया – १
७०. सुडान – १
७१. तान्जानिया – १
७२. तुर्क्स एण्ड काइकोस आइसल्याण्ड – १
७३. भियतनाम – १
७४. वेस्ट इन्डिज – १
७५. जाम्बिया -१