२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघले भन्यो ‘कामदारको बैंक खाता रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा कुनै सहयोग गर्न सकिंदैन’

२०७६, १८ भाद्र बुधबार ०४:०७

 भदौ १८, काठमाडौं ।नेपाल बैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार कार्यालयको श्रम स्वीकृति सम्बन्धी प्रकासित सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । श्रम कार्यालयले हिजो मंगलबार एक सूचना जारि गर्दै श्रम स्वीकृति लिनुपूर्व अनिवार्य रुपमा बैंक खाता नम्बर (प्रमाण सहित पास बुक, चेक स्टेटमेन्ट) प्रविष्ट गर्नुपर्ने व्यवस्था गरेको थियो । 

संघ अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'वैदेशिक रोजगारमा जाने कामदारको खाता नम्बर, खाता रहेको बैंकको नाम व्यवसायिले बिभागको अनलाइनमा जानकारी गर्न के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिसयमा छलफल हुदै गर्दा भाद्र १७ गतेको सूचनामा कामदारले श्रम स्वीकृति आबेदन दिदा खाता सम्बन्धि प्रमाण खुल्ने एटिम, चेक बुक, पास बुक जस्ता कागाजात पेश गर्नु पर्ने ब्यबस्था गरिएको देखिएको छ । कुनै  ब्यक्तिको बैंकसंग सम्बन्धित  कागजात (एटिएम कार्ड, चेक, पास बुक) कहीं, कतै रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा वैदेशिक रोजगार  व्यवसायीहरुले कुनै सहयोग गर्न नसक्ने जानकारी गर्दछौं ।'

नेपाल सरकारलाई वैदेशिक रोजगारमा जाने कामदारको बैंक खाता हुनु नै पर्ने भन्ने लागेको हो भने राहदानी बनाउदा वा नवीकरण गर्दा दिने आबेदनमा बैंक खाता विवरण उल्लेख गर्ने ब्यबस्था गर्दा प्रभाबकारी हुने संघले जनाएको छ ।

आजदेखि बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य नयाँ नियम लागू

भदौ १६ गतेदेखि बैंक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति पाईने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस