२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी खुलाउन वार्ताका लागि नेपाली टोली मलेसिया प्रस्थान

२०७६, २२ भाद्र आईतवार ११:०१

भदौ २२, काठमाडौँ | मलेसिया रोजगारी खुलाउनको लागि सहमति हुन बाँकि रहेका विषय टुंगो लगाउन नेपाली वार्ता टोली मलेसिया गएको छ। नेपाल र मलेसियाका प्राविधिक टोलीबीच भदौ २४ र २५ गते हुने छलफलका लागि एक टोली आज मलेसिया गएको हो । 

वार्ता टोलीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी रहेको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । दुई देशको प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारी अनुसार सहमति हुन बाँकि रहेका विषयलाई छलफलद्वारा टुंग्याउने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ ।

गत कात्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो। सो पश्च्यात बाँकी रहेका विषय मिलाउन दुई देशवीचको संयुक्त प्राविधिक टोली गठन गरिएको थियो । दुइ देशवीच यस पटक दोस्रो बैठक मलेसियामा हुन लागेको हो । यसअघि संयुक्त टोलीको बैठक काठमाडौंमा भएको थियो ।

श्रम समझदारी अनुसार मलेसियाले तयार गरेको स्वास्थ्य संस्थाको मापदण्डअनुसार छनोट भएका १ सय २२ संस्थाको नाम नेपालले मलेसिया पठाइसकेको छ । २०७५ जेठ २ गते अगाडिसम्म ३६ वटा स्वास्थ्य संस्थाले कामदारको मेडिकल गर्दै आएका थिए । तर ति सीमित संस्थाले सिन्डिकेट गरेको भन्दै श्रममन्त्री विष्टले मलेसिया रोजगारी नै बन्द गरेका थिए । 

पछिलो समय मलेसियाले हाल संचालनमा रहेका ३६ संथाबाट नै काम शुरु गर्ने र बाँकी सस्थाको वार्षिक कार्यतालिका अनुसार अनुगमन गरि संख्या थप गर्न सकिने भन्दै परराष्ट्र मन्त्रालय मार्फत श्रम मन्त्रालयलाई पत्र पठाइसकेको छ। तर मलेसियाको यस्तो पत्र अनुरुप सहमति गर्न नसकिने श्रम मन्त्रालय श्रोत बताउंछ। ३६ संस्थालाई नै हुनेगरी सहमति गर्न सकिंदैन श्रोतले भन्यो 'बरु  ३/४ महिनाको समय दिन सकिन्छ, सो बेलासम्म सबै स्वास्थ्य संस्था समेटिनुपर्छ।' 

श्रम समझदारी पश्च्यात मलेसियाको रोजगारी रोक्नुको कुनै कारण नभएको म्यानपावर व्यवसायीले बताउंदै आएका छन् । धरौटी राख्न लगाउने तर मलेसिया रोजगारी बन्द गर्ने भन्दै व्यवसायीले तत्काल खुलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गर्दै आएका छन् तर मलेसियाको रोजगारी खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस