२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजैदेखि मलेसिया रोजगारी खूल्यो, यस्तो हुनेछ अबको प्रक्रिया, लागत खर्च ‘शुन्य’

२०७६, २७ भाद्र शुक्रबार ०३:०२

भदौ २७, काठमाडौँ | अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । लामो अन्योलतापछि खुलेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो । 

बिहीबार सम्पन्न बैठकपछि श्रम मन्त्रालयका वार्तामा आवद्ध अधिकारीहरुले नेपाली कामदार  कुनैपनि लागत नतिरी मलेसिया जान पाउने बताएका छन् । कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव  राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । घिमिरे सहित नेपालबबाट गएका श्रम मन्त्रालयका अधिकारीहरुले गत अक्टोबरकै सहमति अनुरुप मलेसिया रोजगारी खुला गर्न सफल भएको जनाएका छन् । 


घिमिरेका अनुसार मलेसिया रोजगार बिहिबारबाटै खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल सेवा भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा उपलब्ध छ ।  यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्ने भएको छ । साथै आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिईने छ । 

यस्तो हुनेछ अबको प्रक्रिया 

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको नेपाली कामदारका लागि मलेसिया स्थित नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । 

मागपत्रको आधारमा नेपाली दूतावासले प्रमाणीकरण गरेपछि उक्त प्रमाणीकरणको आधारमा वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । 

त्यस्तै मलेसियामा सुरक्षा गार्डको रुपमा जाने नेपालीहरुको प्रकृया पुरानै तरिकाले हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस