२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकका पासपोर्ट फिर्ता गर्न खारेज भएका म्यानपावरलाई विभागको निर्देशन

२९ भाद्र २०७६, आईतवार ०७:२०

भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले भदौ १८ गतेपछि खारेजीमा परेका म्यानपावर कम्पनीलाई श्रमिकका पासपोर्ट फिर्ता गर्न निर्देशन दिएको छ। आइतबार एक सूचना जारी गर्दै विभागले नयाँ व्यवस्था अनुसार धरौटी नबुझाएका म्यानपावर कम्पनी स्वतः खारेजीमा परेको भन्दै श्रमिकको पासपोर्ट नराख्न निर्देशन दिएको हो।

वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै सरकारले न्यूनतम  दुई करोड देखि ६ करोडसम्म पुर्‍याएको थियो। सो अनुरुप धरौटी राख्न नसकेर ३ सय ३ म्यानपावर कम्पनी खारेजीमा परेका थिए। ती म्यानपावरमा पासपोर्ट भए तत्काल फिर्ता लिन विभागले श्रमिकलाई आग्रह गरेको हो । 

नयाँ व्यवस्थाअनुसार ८ सय ५४ वटा म्यानपावर कम्पनीले मात्रै काम गर्न पाउने छन्। ती म्यानपावरमा भएका पासपोर्ट तथा माग पत्र भने नयाँ गाभिएको म्यानपावरमै सार्न मिल्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागद्द्वारा जारी सूचनामा भनिएको छ 'भदौ १८ अघि गरेका सम्पूर्ण कार्यहरु स्थगित गरि १५ दिन भित्रमा कामदारको पासपोर्ट र नगद फिर्ता गर्ने, विदेसस्थित रोजगारदातासँग लिएको मागपत्र वमोजिमको जनशक्ति आपूर्ति गर्न नसक्ने सम्बन्धित रोजगारदातालाई जानकारी गराउने, प्रयोगमा ल्याउन नसक्ने भएका प्रमाणिकरण गरिएका मागपत्र बारे सम्बन्धित कुटनीतिक नियोगलाई जानकारी दिने, नयाँ माग पत्र नल्याउने एवं प्रमाणिकरण जस्ता कार्य नगर्नुहोला ।' मर्जरमा पनि नगएका र बढेको धरौटी पनि नराखेका म्यानपावर कम्पनीलाई भने पासपोर्ट नराख्न विभागले निर्देशन दिएको हो।

कार्यालयको बोर्ड हटाउने, कर्मचारीलाई दिएको परिचय पत्र रद्ध गर्ने, संस्थासँग सम्बन्धित मुद्दा तथा उजुरीहरू तत्काल फरफारक गर्ने र हालसम्म वैदेशिक रोजगारीमा पठाएका व्यक्तिका विवरण विभागमा पेश गरी कारोबार फरफारक गराउन आगामी दिनमै वैदेशिक रोजगारीका कुनै पनि कारोबार नगर्न विभागले म्यानपावरलाई निर्देशन दिएको छ। यस निर्देशनको अवज्ञा गरिएमा हदैसम्मको कारबाही गरिने विभागले चेतावनी दिएको छ।

खारेजीमा परेका म्यानपावर कम्पनीले तत्कालै धरौटीसमेत फिर्ता नपाउने विभागले जनाएको छ। सम्बन्धित म्यानपावर कम्पनीले पठाएका श्रमिकको श्रम अवधि सकिएमा बाँकी रहेको रकम फिर्ता हुनेछ। खारेजीमा परेका म्यानपावरको ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको छ। तर यो रकमबाट बाँकि २ वर्षमा कामदारलाई क्षतिपुर्ती दिंदा सकिएमा म्यानपावरले बाँकि रहेको रकम र बैंक ग्यारेन्टी पाउने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की